भक्तपुरमा बस भित्र बलात्कार गरि फरार झापाका दिपेश पक्राउ

  जन्मभूमि संवाददाता

भक्तपुर, दिपक कार्की
असोज १७ गते भक्तपुर नगरपालिका-८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरी शुक्रबार भक्तपुर ल्याएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको हो।

भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा किशोरीलाई बेहोस बनाएर रातभरी पटक-पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई पक्राउ गरेका हुन्। राईलाई भक्तपुर ल्याएर अनुसन्धान भइरहेको छ।

पक्राउ परेका दिपेशले रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएको र भक्तपुर ल्याइ पटकपटक बलात्कार गरी अन्य दुईलाई  बलात्कार गर्न दिई राई फरार भएका थिए। यसअघि  घटनास्थलबाट सिन्धुपाल्चोक घर भएका २ जनालाई पक्राउ गरेको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार