बन्दरगाह मै छु परिस्थितिले दास बनाएपछि ।
अबरोध हुदैछ धमनी उनिले खास बनाएपछि ।।
जित कहाँ हुन्थ्यो पलपलमा हार भो खेलमा ।
निडर मनहरुलाई पनि यहाँ ह्रास बनाएपछि ।।
दनदनी होस् मनमुट तयार छु अब अति भो ।
जिउनुको के अर्थ रह्यो देह लास बनाएपछि ।।
रहर जागिसक्यो अन्तरीक्ष कुहिरोले ढाकिसक्यो ।
जलपरिकै हात समाउथ्ये उनिले पास बनाएपछि ।।
कस्तो निर्दयी रहेछौं बोल्दा नि नसुन्य भएछौ ।
जाबो सपनाको महलपनि सर्वनास बनाएपछि ।।
✍️ नारायण जोशी