तेमालका अगुवा कृषकहरुलाई सिस्नु पाउडर प्रशोधन तालिम

सो तालिममा २५ जना कृषक सहभागी भएका छन्।

काभ्रे, तेमाल
जिल्लामै पहिलो पटक तेमालमा सिस्नु पाउडर प्रशोधन तालिम सुरु गरेका छन्। तेमाल गाउँ पालिका वडा नं.२ का अगुवा कृषकहरुलाई सो तालिम दिएका हुन्। तेमाल गाउँपालिका र युएनडिपि को सहयोग तथा शान्ति  जन आदर्श  सेवा केन्द्र काभ्रेको साझेदारीमा उक्त तालिम दिईएको हो। सो तालिममा २५ जना सहभागी भएका छन्। तालिम प्रदान गरेका साझेदारी संस्थाका सचिव राजेन्द्र  प्रसाद अधिकारिले  दुर्लभ  व्यवसायिक सीप मुलक तालिमहरु मध्य  यो तालिम पनि पर्छ। काभ्रे जिल्ला कै यो पहिलो पटकको तालिम भएको हुँदा हामीलाई  पनि एकदमै  उत्साह जागेको छ। त्यसैले तपाईंहरु पनि उत्सुकता पुर्वक सिक्नुका लागि म अनुरोध  गर्छु। हामी  तपाईंहरूलाई सक्दो सहयोग  गरि राख्ने छौ ” उहाँले हौसला दिँदै यसो भनें।

विश्व नै कोरोनाको संक्रमण भैरहेको यो अवस्थलाई मध्ये नजर गर्दै सहभागीहरु सबै जनाले  माक्स र सेनिटइजरको प्रयोग गर्दै भौतिक दुरि समेत कायम गरि ब्यवस्थापन गरेको समुहका सचीव  कृष्ण बहादुर श्रेष्ठले बताउनु भयो। तालिममा  स्किल नेपालका फिल्ड सुपरभाईजर डम्बर थापामगरले पनि सहजिकरण गरिराख्नु भएको छ।

बिहानै देखि सिमसिमे पानी, हिलो बाटो, अलिअली हुस्सुले छोपिएको खराब मौसम। यस्तो अवस्था हुँदाहुँदै  पनि सबेरै घर धन्दा सकाएर छाता ओडेर स्थानिय जन उद्दार प्राविमा पुगेकी छन बोइमो  तामाङ। उनले सिस्नुक पाउडर बनाईन्छ भन्ने कुरा “कता कता सुनेको मात्रै थियो। दैनिक खेतिपातिमा सिमित हामीहरु आज तालिममा सहभागी  हुन पाउँदा निकै खुसी छु।” उनले बातए। तालिम सके पछि आफू पनि सिस्नु पाउडर प्रशोधनमा लाग्ने उनको भनाइ छ।

“दैनिक तरकारी खेतिमा ब्यस्त रहेका यस भेगका हामी कृषकहरुलाई सिस्नुको यति धेरै महत्व रहेछ थाहा थिएन, तालिमपछि हामी सिस्नु पाउडर प्रशोधन कार्यमा  समेत सक्रिय साथ  लाग्ने छौ” कृषक समुहकी कोषाध्यक्ष शान्ता लामाले बताउनु भयो। सिस्नुले मुटुरोग, दम,हाड जोर्नी, बाथ रोगका बिरामिहरुका लागि औषधिसमेत  हुने भएकोले नेपाल भित्र कै माग पनि आपूर्ति हुन सकेको छैन। गुणस्तरीय उत्पादनको मुल्य बजारमा प्रती किलो पाच सय देखि  दुई हजार सम्म रहेकोले यसलाई उद्योगको रुपमा अगाडि बढाउनु राम्रो हुने तालिमका प्रशिक्षक  सन्चित आलेमगरले बताउनु भयो।

यतिबेला मौसमको चुनौतीलाई सामना गर्दै तेमाल गाउँपालिका वडा नम्बर २ चुखा स्थित रहेको मिलिजुली  कृषक  समुहले सिस्नु पउडर प्रशोधन तालिम सन्चलन गरिरहेको छ । तालिम असोज २ देखि ४ गते सम्म सन्चालन हुने आयोजकले बताए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार