सिन्धुपाल्चोक घुम्थाङ पहिरो अपडेट-११ को शव भेटियो, २० अझै बेपत्ता

धाँजा फाटेको जमिन माथी बसेको बस्ती बेलैमा स्थानान्तरण नगर्दा यस्तो भयानक घटना हुन पुगेको हो।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आइतबार रातिको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङमा भीषण पहिरो जाँदा बेपत्ता मध्ये ११ को शव फेला र अझै २० बेपत्ता रहेको ईलाका प्रहरी बाह्रबिसेका निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन। बेपत्ताहरुको खोजिकार्य तिब्र पारिएको छ। धाँजा फाटेको जमिन माथी बसेको बस्ती बेलैमा स्थानान्तरण नगर्दा यस्तो भयानक घटना हुन पुगेको हो।

प्रहरी निरीक्षक न्यौपानेका अनुसार आइतबार दिउँसोसम्म फेला परेका ११ जनाकै सनाखत भैसकेको जानकारी दिए ।

फेला परेको हरुमा भिरखर्क विक टोलकी २३ वर्षीय जुनु विक, २४ वर्षीय सुकुलाल विक, ८ वर्षीय सन्देश विक,
नागपूजे गाउँकी ६३ वर्षीय भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीय ज्ञानीमाया प्रधान, नेवार टोलकी ६९ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीय हिरामाया श्रेष्ठ छन् । अन्य २ जनाको भने उमेर नखुलेका ज्ञानीमाया प्रधान र ल्याङ्सी शेर्पा छन् ।

अझै बेपत्ता २० जनामा रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, सबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, कमठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालक समेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका उद्धारकर्मीहरुले खोजी कार्य जारी राखेका छन् । बाह्रबिसे नगरपालिका उप प्रमुख सुशिला पाख्रीनका अनुसार पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बताइन्।

पहिरो पश्चात घटना स्थल पुग्नुभएका सभामुख अग्नीप्रसाद सापकोटाले जिल्लाका पहिरो पीडितलाई स्थानान्तरणको तयारी गर्दागर्दै अकल्पनीय घटना भएको बताएका छन।

पहिरो पश्चात् तत्काल राहत स्वरुप नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत घटना स्थलमै पुगि नगद सहयोग गरेका छन्। उहाँले घुम्थाङको नागपुजे र भीरखर्कमा ठूलो जनधनको क्षति भएको दु:खद घडिमा यथाशीघ्र घटना स्थल पुगि पिडितहरुको घाउमा तत्काल मलम पट्टी होस् भन्ने उद्देश्यले ईन्द्रेणीका संयोजक कृष्ण कंडेलले ल्याउनुभएको नगद राहत संयुक्त रुपमा पीडित परिवारहरुलाई रु. २५०००/- ( अक्षररुपी पच्चीस हजार रुपैयाँ) हस्तान्तरण गर्नुभएको बताए।

बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ४७ वस्तीका ११ हजार घर जोखिममा रहेको स्थानीय सरकारको तथ्याङ्क छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार