हर्टबिट संस्था राहत लिएर लिदि पहिरो पिडित बस्तीमा

हर्टबिटले हरेक क्षेत्रका पिडितहरुलाई सहयोग गर्दै आईरहेको छ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सामाजिक कार्य र विपतको समय पीडितहरुको सेवामा अहिरात्र खट्ने संस्था हुन् हर्टबिट । हरेक क्षेत्रमा समस्यामा परेका दिनदुखीहरुको घाउमा सबै भन्दा अघि मलम लगाउन पछि नपर्ने यस संस्थालाई सिन्धुपाल्चोक लिदि पहिरोले पनि सहयोगको लागि घचघच्याईरहेको थियो नै। तर भौगोलिक विकटताले गर्दा घटना हुन साथ पुग्ने अवस्था नरहेकोले संस्थाको तर्फबाट तत्काल राहत पुर्याउन नसकेकोले केहि ढिलो भएको दुखेसो संस्थाका प्रतिनिधि रोश्नी गोलेले सुनाईन्।

यस संस्थाले लिदी पहिरो पीडितका लागि खाद्यान्न लगाएत दैनिक उपयोगका सामग्री सहयोग गरेको छ।
पीडितको अस्थायी बस्ती बासखर्क पुगेर संस्थाको प्रतिनिधि रोशनि गोलेले उक्त सामग्री हस्तान्तरण गरेकी हुन्। तामाङले २० बोरा चामल , १ सय ३० के.जि दाल, ४० लिटर तेल , ५० के.जि नुन, ५० ओटा त्रिपाल, सेनेटरी प्याड, साबुन, मन्जन लगाएत दैनिक प्रयोग हुने सामग्री गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पहिरो पीडितलाई हस्तान्तरण गरिएको बताईन् ।

उक्त अवसरमा समाजसेवी तथा संस्थाको प्रतिनिधि रोशनि गोलेले सिन्धुपाल्चोक उधोग वाणिज्य संघका सदस्य एंवम् नेकपा बागमती प्रदेश आर्थिक विभाग सदस्य इश्वर गुभाजुलाई सहयोगको लागि धन्यवाद व्यक्त गर्दै लिदीका पहिरो पीडितलाई आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराइने बताईन्।

त्यसैगरी, जुगल गाउँपालिका ६ नेकपाका स्थानिय नेता चिनलाल श्रेष्ठले केयर नेपालसंग समन्वय गरि ८ ओटा टेण्ड हस्तान्तरण गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।
गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार