पुर्व माननीय दावा तामाङको पहलमा लिदि पहिरो पिडितलाई राहत

सिन्धुपाल्चोक
पुर्व माननीय दावा तामाङ को समन्वयमा आज लिदि पहिरो पिडित लाई राहत वितरण गरिएको छ। अस्थायी रुपमा बस्दै आएको बाँसखर्कमा तामाङ सहित NRN को उपाध्यक्ष सोनाम लामा, बहराइन पुर्व अध्यक्ष श्याम तामाङ, सिन्धु USA वेलफेयर को प्रतिनिधि सोनाम वाङ्गेल लामा र छेवाङ शेर्पाको उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको हो।

नेपाली दाजुभाइहरुलाई परिआएको हरेक दुखहरुमा साथ दिँदै आएको संस्था गैर आवासीय नेपाली संघ (NRNA) र सिन्धु अमेरिका वाएलफेयर सोसाइटीबाट जम्मा गरिएको नगद तथा खाद्य राहत सहयोग लिएर स्वयम् प्रतिनिधिहरु नै पुग्नुभएको हो। राहत गैर आवासीय नेपाली संघ को तर्फ बाट नगद ५ लाख को चेक र सिन्धु वाएलफेयर को तर्फ बाट २० हजार पहिरो मा परि घाइते हुनु भएका याङ ल्हामो दोङ लाई काठमाडौ हस्पिटलमा दिएको गरि जम्मा ४ लाख २० हजार, सुपर हेवा हाइड्रोपावर को तर्फ बाट रु १ लाख बराबर को ड्राइ फुड वडा अध्यक्ष प्रताप लामा लाई हस्तान्तरण गरिएको थियो।

पुर्व माननीय तामाङले आफ्नो आग्रहलाई सहर्ष स्विकार्दै सकेको सहयोग गरिदिनुभएकोमा NRN र सिन्धु अमेरिका वेलफेयरलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। संधै दिनदुखीहरुको घाउमा मलम लगाउने यी संस्थाहरुको योगदान उत्कृष्ट रहेको उहाँले जन्मभूमि पोष्टलाई बताउनुभयो।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार