लिदि घटनामा ज्यान गुमाएकाहरुको घेदुङद्वारा सामुहिक ७ दिने धुन्चेक गर्ने- अध्यक्ष रेशम स्याङ्बो

घेदुङ सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै लिदि घटनामा सरकारको चरम बेवास्ता भएकोले आवश्यक छानवीन गरि कारबाही गर्नुपर्ने माग राखेका छन्।

सिन्धुपाल्चोक, लिदि
सिन्धुपाल्चोक को लिदि पहिरो पिडितको सहयोगार्थ नगद र ब्लान्केट लिएर नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष एवं नेकपा युवा नेता रेशम स्याङ्बो आज लिदि पुग्नुभएको छ। उहाँ आफ्नै व्यक्तिगत खर्चमा ३८ वटा ब्लान्केट, नेपाल तामाङ घेदुङ संघीय समिती मार्फत
नेपाल तामाङ घेदुङ ईजरायलले पठाएको १ लाख २६ हजार, अध्यक्ष स्याङ्बो कै आफ्नै छोरी हाल अमेरिकामा अध्ययनरत कुसुम स्याङ्बो द्वारा १ लाख, कातर्जे सुनलाल बोम्जन तामाङ १० हजार १ सय, सिरकाजी तामाङ स्याउले कातर्जे १० हजार र अन्य व्यक्तित्वहरु मार्फत ३० हजार गरि जम्मा २७६ हजार जुगल उपाध्यक्ष श्रीजना तामाङ र वडा अध्यक्ष प्रताप लामाको हातमा हस्तान्तरण गर्नुभएको स्याङ्बोले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको हो।

उहाँले राहत हस्तान्तरण गर्दै थप सहयोगको लागि आफू र घेदुङ निरन्तर जुट्ने वचन व्यक्त गरे। अब हामी केन्द्र घेदुङ देखि बिदेशमा रहेका घेदुङ, जिल्ला, पालिका सम्मका हाम्रो घेदुङ संगठनका साथीहरु संग आवश्यक छलफल गर्दै विस्थापित लिदिबासीको लागि तत्काल र भावी दिनमा गर्नुपर्ने हरेक सहयोगको लागि जुट्ने धारणा रख्नु भएको छ। यदि सरकारले तातोतातोमा चासो दिने र बिस्तारै बिर्सदै जाने हो भनें दबाबका लागि समेत घेदुङ मार्फत समिती नै गठन गरि अघि बढ्ने बताउनुभयो।

अध्यक्ष स्याङ्बोले आज १ विज्ञप्ति जारी गर्दै लिदि पहिरोमा ज्यान गुमाउनुभएकाको आत्माको चिर शान्तिको लागि ७ दिने धुन्चेक धर्मगुरु घोसर रुल्कु रिन्पोछेद्वारा गरिने जानकारी गराउनुभएको छ। त्यस्तै लिदि पहिरो लिखित रुपमा पहिरो आउने सम्भावना छ भनेर पुर्व सुचना दिँदादिदै सुरक्षित स्थानमा सार्न गुहार माग्दा लिदिवासिको अमुल्य जीवन सरकार ले चरम वेवास्ता गरेकोले सो घटना घटेको उल्लेख छ। घेदुङले यो घटना हुनु पुर्व वेवास्ता र जिम्मेवारीबाट पन्छिन खोज्ने जो कोहिलाई आवश्यक छनविन गरि कारबाही गर्न समेत माग गरेका छन्। विज्ञप्ती;

राहत लिएर लिदि पुगे नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रेशम स्याङ्बो र जुगल २ वडा अध्यक्ष प्रताप लामा ।…

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Sunday, 16 August 2020

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार