मेलम्ची पहिरो अपडेट – बेपत्ताको सनाखत सहित

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, मेलम्ची
मेलम्ची पहिरोमा परेका सबै आठजनाको शब फेला परेको छ । साथै उनिहरुको सनाखत पनि भएको ईलाका प्रहरी कार्यालयका निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेको छ । विरगञ्जका बर्ष ४२ का राजेन्द्र चौरासिया, वर्ष ३५ को प्रदिप र्चाैरासिया, २५ बर्षिय विक्रम थिंग, २३ बर्षिय मान बहादुर रुम्बा, २० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामि, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द चौधरी को सनाखत भएको प्रहरीले जनाएको छ । अर्का एक जना घाइते भारतिय नागरिक बारु शहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौं लगिएको छ ।

त्यस्तै पाँचपोखरी गाउँ पालिका २ को बरुवा पहिरोमा बेपत्ता दुवैजनाको शब फेला परेको छ । सोही वडाका यज्ञ वहादुर क्षेत्री र लक्ष्मी क्षेत्रीको शव फेला पारेको हो ।

विहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको हो । मृतक कामदारहरु मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत थिए । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार