पिडित, विस्थापित र दुखी जनताहरुको सारथी पुर्व मन्त्री बस्नेत

छिटै सिन्धुपाल्चोकमै पहिलो पल्ट PCR मेसिन र कीट समेत उपलब्ध गराउने प्रतिवद्धता जनाई सक्नुभएको छ ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
कोरोना महामारीको बेला मात्रै हैन विगत र वर्तमानमा सिन्धुका जनतालाई परेको जस्तो सुकै पिडामा सबैभन्दा अघि सरेर सहयोगमा जुट्ने नेताको रुपमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतलाई लिन सकिने कुरामा दुई मत नहोला । आफू प्रतिपक्षी दलकै नेता र गएको चुनावमा जित हासिल नगरेता पनि आफ्नो जनताहरुलाई परेको सरसहयोगको लागि जितेर कुर्सी मै बसिरहेका हरुको अगाडी देखाइ दिरहेका छन् कि वास्तवमा एक नेताले जनताको सेवाको लागि चुनाव जित्नै पर्छ भन्ने छैन भन्ने कुरा ।

विगतमा जुरे पहिरो पिडितलाई होस या अहिले भोटेकोसी बाढी पहिरो पिडितलाई निरन्तर राहत सहयोग देखि घाइते उद्धारका लागि आफै फिल्डमा खटिरहनुभएको छ नेता बस्नेत । गएको २५ गतेको भीषण बाढी पहिरोमा गम्भीर घाईतेलाई लिनको लागि सबैभन्दा छिटो हेलिकप्टर लिएर घटना स्थल पुग्नुभएको थियो । त्यस्तै लगातार विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत नगद समेत वितरण गराईरहनुभएको छ । यसै क्रममा उहाँकै पहलमा आज लो-घेकार परिवार द्वारा संकलित १० लाख ७० हजार नगद पिडितहरुलाई सिधै भाँड्नु भएको छ । जसमा जम्बु घटना मा सम्पुर्ण परिवार गुमाएकि छिरिङ गोले लाई नगद रु.१०५०००/-,  यसै घटना मा मृत्यु भै लास भेटेको परिवार २ जना लाई ५०-५० हजार र जम्बु तथा खाक्दलमा घर पुर्ण क्षती भएको परिवारहरु लाई १०-१० हजारका दरले बितरण गर्नुभएको छ । नगद राहत बितरण गर्दै उहाँले घटना घटेको यत्तिको दिन वितिसक्दा समेत सरकारले बेपत्ताहरुको खोजी गर्न नसक्नु दुखद भएको बताउनुभयो । जम्बुमा बेपत्ताको खोजी र विस्थापितहरुको उचित उद्धार नगरेको आरोप समेत लगाउनुभएको छ ।

उहाँ संगै प्रदेश सांसद निमा लामा र संसदिय दलका नेता नेपाली काँग्रेस बागमती प्रदेश ईन्द्र बानियाँ केही दिन अघि मात्रै भोटेकोसी गाउँ पालिकाको ८० पहिरो पिडितलाई नगद सहयोग वितरण गर्न पुग्नुभएको थियो । जुन राहत पाएर सो पिडित परिवारहरु अत्यन्तै खुसी देखिन्थ्यो ।  पिडित परिवारहरु सुख्खा बन्दरगाह तातोपानीमा आश्रय लिरहनुभएको छ ।

नेता बस्नेतले गृह जिल्लामा कोरोनाको महामारीमा फ्रन्टलाईनमा रहेर स्वास्थ्य सेवा दिरहेका ६१३ जना स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गराईदिसक्नुभएको छ । त्यस्तै काँग्रेस कार्यकर्ताहरुको पनि बिमा गरिसकेको छ । अब छिटै सिन्धुपाल्चोकमै पहिलो पल्ट PCR मेसिन र कीट समेत उपलब्ध गराउने प्रतिवद्धता जनाई सकेको र छिटै सो मेसिन उपलब्ध गराउने पनि बताउनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार