पहिरोबाट विस्थापित लिदिका १२० घरधुरीलाई तरुण दलको उपहार

वर्षातबाट जिउ जोगाउन मुस्किल स्थानीय लिदिबासी त्रीपाल पाउँदा खुशीले गदगद भएको थियो ।

  सरु लामा तामाङ

सिन्धुपाल्चोक, लिदि
सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा पुगेपछी गाउँबासी घर छोडेर हिँड्न बाध्य भएको थियो । वर्षातको झरीमा घर छोडेर बाहिर बस्नुपर्दा बालबच्चा, बृद्ध, बिरामी अनि गर्भवती महिलाहरुलाई थप समस्यामा परेको थियो । २६ गते गएको पहिरोका कारण लिदिका १२० घरधुरी विस्थापित हुनुपर्यो । घर माथिबाट झरेको पहिरोका कारण सबैको भागाभाग मच्चियो । तर विस्थापित स्थानीय झरी छेक्ने छाना नहुँदा ठूलो समस्यामा परेको स्थानीय युवा ईन्द्र दोङले जानकारी दिए । जुगलको मात्र नभै सिन्धुपाल्चोककै दुर्गममा पर्ने लिदि जाने अहिले सम्म राम्रो बाटोघाटोको व्यवस्था छैन । हिँडेर समेत जान कठिन यो गाउँ सम्पुर्ण सेवा सुविधाबाट अत्यन्तै पछाडी परेको ठाउँको रुपमा चिनिन्छ । तसर्थ स्थानीय सरकारले समेत कुनै राहत पुर्याउन सकेनन ।

यस्तैमा सिन्धुपाल्चोक तरुण दल भगवान भनेंर अघि सरे । वर्षातबाट जिउ जोगाउन हम्मे हाम्मे लिदिका स्थानीयहरुलाई ८५ थान त्रीपाल लिएर हेलिकप्टर पुगे ।
जिल्ला तरुण दल अध्यक्ष दोर्जे लामा, वरिष्ठ उपाध्यक्ष कर्म लामा, उपाध्यक्ष राजेन्द्र (दोर्जे) लामा, जिल्ला कोषाध्यक्ष निमा जङ्मु शेर्पा, तरुण दल जिल्ला महाधिवेशन प्रतिनिधि सन्जय लामा, जुगल तरुण दल अध्यक्ष दावा जङ्मु शेर्पा लगायतको संयुक्त पहलमा त्रीपालको व्यवस्थापन गरेको थियो । जुन लिएर जुगल गाउँ पालिका नेपाली काँग्रेस उम्मेदवार जय बहादुर लामा हेलिकप्टर लिएर आज विकट लिदि गाउँ पुग्नुभयो । यस्तो दुखको बेला वर्षातबाट जिउ जोगाउन पिडित गाउँलेहरुले त्रीपाल पाउँदा खुशी देखिन्थे । विपदको बेला कसैले पनि बाढी पहिरोबाट पिडित जनतालाई देखे पनि नदेखेझैं गरेर बस्नु नहुने नेता जय बहादुर लामाले जन्मभूमि पोष्टलाई बताउनुभयो । उहाँले जस्ले जहाँबाट जे सकिन्छ त्यो डटेर लागेर सहयोगमा उत्रीन सबैमा अपिल समेत गर्नुभएको छ ।

त्यस्तै तरुण जिल्ला अध्यक्ष दोर्जे लामाले फोन मार्फत यो विपदको घडीमा हरेक दु:खद घटनामा तरुण दलका सबै सदस्यहरु स्वत् स्फुर्त रुपमा लागिरहेको बताउनुभयो । जनताको सेवाको लागि तरुण दलले कुनै कसर बाँकी नराख्ने धारणा उहाँको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार