काठमाडौं
नेपाल सरकार गृह मन्त्रालयले अब मास्क नलागाई बाहिर हिँड्ने र सामाजिक दुरि कायम नगर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ । ७७ वटै जिल्लालाई परिपत्र गर्दै गृह सम्बद्ध सबैलाई जानकारी गराईसकेको छ ।
असार १ बाट खुलुलो भएको लकडाउन पश्चात् निजि तथा सरकारी कार्यालयहरुमा अत्याधिक भिडभाड हुने ठाउँहरुमा समेत मास्क बिना र सामाजिक दुरि कायम भएको पाईएको छैन । जसले गर्दा संक्रमण बढ्दै गएको ठहर छ । त्यसैले अब यो नियम नमाने खुल्ला रुपमा हिँडडुललाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न समेत गृह श्रोतले जानकारी दिएको छ ।