असुरक्षित बहिनि (साहित्य)

  जन्मभूमि संवाददाता

तिमीले आफ्नो पुरुषत्व प्रमाणित गर्नको लागि
घमण्डका साथ पटक पटक आक्रमण गर्दा मलाई ,
तिमीलाइ त थाहा छ नि दैनिक म विद्यालय जाने बाटो?
म सदैब कहा साथीहरुसँग हुन्थे र
जहिलै म कहाँ !!

सदैब पापी नजरले हेर्ने तिम्रा ति राक्षसी नजर,
के गल्ती थियो मेरा र मेरा
किशोर अबस्था पार गर्दै गर्दा वृद्धि विकास भएका मेरा
यि निर्द्रोस शरीरका अङ्गहरुका?
लुकेर बस्ने तिमि ति बिधालय जादा ,
आउदा बाटोमा पर्ने ति झाडिहरुमा
ति तिम्रा नरपिचास सोचले भरिपुर्ण भएर तिमि
ति टाढा बिधालयको बाटो जादा आउदा
हो म एक्लै ओहोरदोहोर गर्थे,

यौवन र बलले मतियार तिमीले
मलाइ पछाडी बाट च्याप्प समाएर!
आफ्नो यौवनको प्यास मेट्नको लागी
मेरा ति बस्त्र हरु एक्का एक च्यात्दा खेरी ,
तिमिले तिम्रो घरमा भएको सानी बहिनिलाइ सम्झेनौ?
अनि मेरै बालसाखाको प्रीय साथी तिमिसङ्ग
जुम्ल्याहा जन्मेकि तिम्रो बैनिलाइ सम्झिएनौ?
के फरक थियो र तिम्रो बैनी र म मा,?
निर्बस्त्र पारेर,

बलात्कार गर्न खोज्दा तिमिले मलाई
त्यो पिडा सहन नसकी!
म चिच्याउदा,
मेरो चित्कार अरुले नसुनुन भनी
तिमिले मेरा गालाहरुमा थप्पड हानि मलाई कायल बनाउदा
तिमि भित्रको भगवान र मानवता कहा हराएको थियो?
एकपटक आफु मनन गर ।

एउटै थालमा बाल्यकाल मा तिमि ,
म तिम्रो बहिनी हरेक बाढिचुडी खादा,
बहिनिको भन्दा कम दर्जा कहिलै दिएनौ,
के हिजोको तिम्रो बहिनी म,
आज
मेरै दाजुसरहको मान्छेबाट बलात्कृत हुदा
बहिनी मानेर बाल्यकाल मेरि आमाले मेलाबाट
आफु भोक्कै बसि लेराइदिएको खाजा
तिमिले खुवाएको त्यो क्षण एकपल सम्झिएनौ है?
के त्यो सब यसैका लागी थियो र?
कहा कुन कोठा भित्र लुकेर बसेको छ न्याय
कहिले सम्म असुरक्षित नारीहरु???

बिचरा फेरि मेरि निर्मला बहिनीलाई सम्झन्छु,
बाचेर पनि न्याय नपाउदा बरु तिमी
जसैगरी मृत्यु वरण हुन पाएको भए
यि नरपिचार हरु समाजका ठुलाबढा हु भनेर
छाती फुलाएर हिडेको त देख्नु पर्दैन थ्यो,
तिमि म मात्रै हैन बहिनी याहा लुकेका र लुकाइएका
केहि इज्जत को डर आफैले केहि
पावर त पैसाको आडमा हजारौं यस्ता केसहरु गुप्चुप भएका छ्न,
यो जन्ममा त न्याय पाएनौ हामिले बैनी
तेसैले बैनी यदि नारी भएर जन्मन्छौ भने बिन्ती छ
कि धनी , राजनितीज्ञ परिवारमा जन्म लिनु है?

हिजो तिमिलाइ जन्म दिने तिम्रो भगवानसरि तिम्री आमा
र म दुबै महिला हैन र?
तिम्रो बैनिको जति स्वतन्त्र बाच्न पाउने अधिकार छ नि
मेरो पनि त उति होला जस्तो लाग्छ,
कि गरिब र दलित परिवारमा जन्मदैमा
मेरा अधिकार कटौति भएका छ्न??

जहिले सम्म बलात्कार गर्नेलाइ मृत्यु दन्ड कानुन बन्दैन
प्रीय बैनि निर्मला तिम्रो आत्माले शान्ति पाउदैन
अनि म जस्ता नारिहरु जिउदो भएर पनि
मरेको लास सरह भैरहने छौ।।

✍️ रुपक दहाल राजमोति
शंखरापुर – १, काठमाडौ

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार