जुगल २ वडा अध्यक्ष प्रताप लामा आफैं विस्थापितको वासस्थान बनाउन व्यस्त

विस्थापितहरुको लागि सो ठाउँ बस्न जोखिम कम भएको र राहत लिएर आउनेहरुलाई सजिलो हुने अध्यक्ष लामा बताउनुहुन्छ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक जुगल २ को लिदि बस्तिमा गएको भीषण पहिरोबाट विस्थापितहरुको लागि अस्थायी वासस्थानको तयारी गरिरहेको छ। ३९ जनाको मृत्यु र ५ सख्त घाइते भएको लिदि घटना पछि सुरक्षित स्थानको अभावका कारण जुगल गाउँ पालिका कै वडा नं. १ मा पर्ने सेलाङ बाँसखर्कामा १०० वटा टेन्ट ठडाएर स्थानान्तरण गर्ने वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

अध्यक्ष लामाका अनुसार लिदि पिडितहरुलाई राहत ल्याउन संघ संस्थाहरुलाई उक्त ठाँउ सजिलो हुनेछ। त्यस्तै जोखिम समेत नरहेको सरकारी जग्गा प्रशस्त भएकोले पनि त्यो ठाउँ रोजाईमा परेको बताए। अस्थायी वासस्थानको लागि टेन्ट जिल्ला विपद व्यवस्थापन समितीले व्यवस्था गरेको हो। त्यस्तै त्यहाँ आवश्यक जग्गा सम्याउने र व्यवस्थापनको कार्य गाउँ पालिकाले गर्नेछन्। शौचालयको निर्माण रेडक्रस र खानेपानीको व्यवस्था खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोकले गर्ने जानकारी उहाँले दिनुभयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार