सिन्धुपाल्चोक, चौतारा
भनिन्छ असल छिमेकी त्यो हो, जसले परेको बेला सकेको सहयोगको लागि पछि पर्दैन। हो,
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना छिमेकी जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि रु. २ लाख सहयोग गर्ने निर्णय भएको छ। नगरका मेयर अमानसिङ तामाङले उक्त सहयोगको बारेमा सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनुभएको हो।
चौसागढी नगर संधै छिमेकी गाउँ पालिका देखि नगरपालिकाहरुमा परिआएको विपत्तिहरुमा खुलेर सहयोग गर्दै आएको छ। यो भन्दा महिना अघि मात्रै पनि बाह्रबिसे नगरमा गएको भीषण बाढी पहिरोबाट पिडितहरुको पनि सहयोग गरेको थियो।
लिदिमा गएको शुक्रबार भीषण पहिरोमा परि ३७ घरमा क्षति पुग्दा ३९ को ज्यान गएको अनुमान छ। जहाँ ५ जना गम्भीर घाइते भएका छन। घरमाथिको भिर खस्दा ठुलो जनधनको क्षति हुन पुगेको थियो। सरकारी निकायहरुले भूकम्प पछिको जोखिमयुक्त रहेकोले सो पहिरो जान गएको हो भनिरहेको छ भनें स्थानीयले वस्ती मुनि बन्दै गरेको हाइड्रोपावरको सुरुङ खन्ने क्रममा ब्लास्ट गर्दा झनझन् थर्किएर यस्तो सम्मको घटना भएको बताईरहेका छन्।
विगतका वर्षहरु संगै यो घटना हुनुभन्दा १ हप्ता अघि मात्रै स्थानीय सरकार, जिल्ला, प्रदेश र संघिय सरकार सम्मलाई वस्ती जोखिममा रहेकोले जत्ती बेला पनि जनधनको क्षति हुन सक्ने भन्दै ध्यानाकर्षण गर्दै निवेदन बुझाएका थिए। तर सम्बन्धित निकायले कुनै चासो नदिएका कारण यस्तो क्षति बेहोर्नु परेको स्थानीयको गुनासो छ।