सिन्धुपाल्चोक
पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा महिला नेत्री सर्मिता खड्का बाट स्वास्थ्य सामाग्री वितरण गरेको छ । खड्काले बलेफी गाउँ पालिका वडा नं. २ र ३ को आधारभुत स्वास्थ्य केन्द्रमा पिपिई सेट २/२ थान, सेनिटाइजर ५/५ पिस, सर्जिकल ग्लोब्स १५/१५ जोर, पल्स अक्सोमिटर १/१ पिस, सर्जिकल मास्क १/१ प्याकेट, फेससिइल्ड र गोग्लेज १०/१० पिस सहयोग गर्नु भएको छ ।
उक्त अवसरमा निम्न वर्गका असहाय बिरामीहरुलाई आवश्यक परेमा उपचारको लागि अस्पताल सम्म पुर्याउन गाडीको ब्यबस्थापन समेत गरिदिने वचन ब्यक्त गर्नु भयो । नेत्री खड्का कोभिडको समय पनि निरन्तर दुखी र विपन्न वर्गको सेवामा खटिरहनुभएको छ ।