सिन्धुपाल्चोक
जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ सुनखानीमा महिला प्रजनन स्वास्थ शिविर सम्पन्न भएको छ । मंगलबार वडा कार्यालय प्राङ्गणमा भएको शिविरमा १ सय ८९ महिलाको चेकजाँच पश्चात् प्रत्यक्ष लाभान्वित भएका छन् ।
शिविरमा महिलाले नि:शुल्क पाठेघरको मुखको क्यान्सरको जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको परामर्श र उपचार, फिस्टुलाको अप्रेसन, भिडियो एक्स-रे लगायत महिला सम्बन्धि सम्पूर्ण रोगको चेक जाँच गरि आवश्यकऔषधि समेत वितरण गरेको पहलकर्ता नेपाली काँग्रेस सुनकोसी ५ का इकाई सभापति कुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतले सुनकोशी गाउँपालिका बाट संचालित एम्बुलेन्स र बर्दानेश्वर महादेब मन्दिर संरक्षण संस्थाबाट संचालन एम्बुलेन्सबाट आर्थिक रुपमा कमजोर एवं अशक्त महिलाहरूलाई नि:शुल्क आवतजावतको ब्यबस्थापन गरेको बताउनुभयो ।
रत्न बस्नेत मेमोरियल फाउन्डेसनको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएका मध्ये ६ जनामा समस्या देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिर मेमोरियल बनेपा थप उपचारका लागि लगिने बताएका छन् ।
जटिल समस्या देखिएका ६ जनाको अपरेसन गर्नुपर्ने नेपाली कांग्रेस सुनकोशी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । स्वास्थ्य शिविर बुधबार पनि जारी रहने र समस्या देखिएका महिलालाई स्वास्थ्य चेकजाँच गरी फाइदा लिन आयोजक पक्षले अनुरोध गरेको छन् । कार्यक्रमकाे प्रमुख अतिथिप उपाध्यक्ष कान्छी लामा उपस्थित थिइन् । कार्यक्रम को अध्यक्षता सुनकोशी ५ का अध्यक्ष जालबहदुर लामाले गरेको थिए।
यस्ता कार्यक्रमबाट विपन्न र सीमान्तकृत महिलालाई लाभ पुग्ने उपाध्यक्ष लामाले बताइन् । सुनकोशीमा पनि आफ्नै वडामा महिलाहरूलाई नि:शुल्क चेकजाँच गर्न पाउँदा खुसि भएको उपाध्यक्ष लामाले बताउनु भयो ।
कार्यक्रम प्रविधिक सहयोग, सामुदायिक सेवा प्रतिष्ठान गठ्ठाघर, शिविर ब्यवस्थापक तथा आयोजक, रत्न बस्नेत मेमोरियल फाउन्डेसन काठमाडौं , आयोजक शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सुनकोशी गाँउपालिकाको समन्वयमा सम्पन्न भएको हो ।