बाढीबाट घाइते भएका बिरामीहरु भेट्न पुगे मुख्यमन्त्री लामा

  प्रीतम कुमार तामाङ

भक्तपुर
गत १० गतेको भीषण बाढीका कारण घाइते भएकाहरुलाई भक्तपुर अस्पतालमा भेट्न मुख्यमन्त्री बहादुर सिंह लामा पुग्नुभएको छ। अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझ्नका लागि मुख्यमन्त्री लामाका साथमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, उद्योग मन्त्री शुक माया तामाङ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ भक्तपुर अस्पताल पुग्नुभएको हो ।

उहाँले बाढी पीडित घाइतेहरूको उपचारमा अस्पतालले गरी रहेको काम कारबाहीको विषयमा जानकारी लिनुभएको थियो । यस्तै अनुगमनका क्रममा मुख्यमन्त्री लामाले विरामीको विषयमा जानकारी लिने क्रममा, उहाँहरूले अस्पतालमा डेंगु सङ्क्रमणलाई ध्यानमा राखी सञ्चालित फिभर क्लिनिक, निर्माणाधीन डायलिसिस संरचना, र सिटी स्क्यान उपकरणको लागि स्थानको अनुगमन पनि गर्नुभएको थियो।

सोही क्रममा भक्तपुर अस्पतालकी निर्देशक डाक्टर सुमित्रा गौतमले भक्तपुर अस्पतालको विषयमा जानकारी दिनुभएको थियो । उहाँले आपतकालिन सेवाका लागि अस्पताले गरेका काम र अस्पतालको अवस्थाको विषयमा मुख्य मन्त्री लगायतका पाहुनालाई जानकारी दिनुभएको थियो ।

मुख्यमन्त्री लामाले जिल्ला प्रशासन कार्यालयले विपतमा गरेका काम कारबाहीको विषयमा पनि जानकारी लिनुभएको थियो ।

भक्तपुरमा विपतमा भएका काम उत्कृष्ट भएको मुख्यमन्त्री लामाले बताउनुभएको थियो । भक्तपुरमा विपतको समयमा प्रशासन, प्रहरी, सशस्त्र प्रहरी , सेना, रेडक्रस तथा अन्य समाजसेवीले गरेको कार्य अन्य जिल्ला भन्दा उत्कृष्ट भएको समेत बताउनुभएको थियो ।

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार