काठमाडौं
तामाङ पत्रकार संघको २१ औं स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यसमितिद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्तुपा सामुदायिक अस्पतालको समन्वयमा भएको उक्त कार्यक्रममा करिब ४२ जनाको सहभागी भएकोमा दुई दर्जन सहभागीले रक्तदान गरेको महासचिव तिर्थ बलले बताउनुभयो ।
संघका केन्द्रिय अध्यक्ष सुबास योन्जनका आनुसार ३ वर्षदेखि संघको स्थापना दिवसको अवसर पारेर रक्तदान, सम्मान र अन्य अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । योन्जनले विभिन्न किसिमका उपचारार्थ रहेका बिरामीहरुलाई रगतको अभाव भैरहेको हुँदा यो कार्यक्रमले थोरै भएपनि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम अन्तरास्ट्रिय तामाङ परिषदका कार्यकारी प्रमुख तथा महासचिव टासी लामा, बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ लगायत संघका विभिन्न पदमा जिम्मेवार महानुभावहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको छ ।