टुङ्ना मिडियाद्वारा संकलित सहयोग रकम क्यान्सर पिडित चरिमायालाई हस्तान्तरण

  सागर तामाङ (जन्मभूमि संवाददाता)

काठमाडौं
विगत लामो समयदेखि क्यान्सरसँग संघर्ष गर्दै आएकी सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–८ मानेश्वरा हर्रे निवासी चरीमाया तामाङलाई देश तथा विदेशमा रहेका सहयोगी मनहरुले आर्थिक सहयोग जुटाएका छन्।

पत्रकार सुरेन छ्युमी तामाङको नेतृत्वमा टुङ्ना मिडियाद्वारा सङ्कलित २ लाख ७५ हजार रुपैयाँ २०८१ साल चैत ३१ गते धुलिखेल अस्पताल पुगेर पीडित चरीमाया तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

सहयोगदाताहरुले विदेशमा पसिना बगाएर संकलन गरेको रकमलाई जस्ताको त्यस्तै पीडितको हातमा पुर्याइएको टुङ्ना मिडियाका पत्रकार सुरेन तामाङले जानकारी दिएका छन्। साथै, सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तित्वहरुप्रति टुङ्ना मिडिया र पीडित परिवारको तर्फबाट भिडियो सन्देशमार्फत आभार प्रकट गरिएको छ।

मानवीय सेवाको उदाहरणस्वरूप सञ्चालित यस सहयोग अभियानले चरीमाया तामाङको उपचार यात्रामा सशक्त साथ दिने विश्वास लिइएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार