सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ को रत्नराज्य मा.वि. मा संचालित जुगल बलेफी संयुक्त आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका ५३ वर्षीय रत्न बहादुर तामाङलाई उपचारको लागि अस्पताल लाँदा लाँदै बाटोमा मृत्यु भएको खबर प्राप्त भएको छ । तामाङ गत जेठ १७ गते उपचारका लागि त्यहाँ भर्ना भएको थियो ।
मृत्युको कारण तामाङले आज राती करिब १:१५ बजे उपचार भैरहेको आइसोलेसनको तेस्रो तलाबाट हामफाली आत्माहत्या प्रयास गर्ने क्रममा त्यहाँ खटिएका स्वायमसेवक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले तत्काल उद्दार गरि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जुगल गाउँ पालिकाको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटना के कसरी घटेको हो भन्ने विषयमा घटनाको बिस्तृत जानकारी भने आउन बाँकी नै रहेको छ ।