तरुणदलका मनकारी युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा आईसोलेसन बेड, सेनिटाइजर, मास्क र अण्डा सहयोग

राजेन्द्र लामा (दोर्जे) ले गरेको सहयोगले दुखको बेला, अप्ठ्यारोको बेला हामी एकै ठाउँमा अभिनुपर्छ भन्ने सन्देश दिएको छ" जुगल गाउँ पालिका अध्यक्ष होमनारायण श्रेष्ठ

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाका युवा नेता, समाजसेवी, युवा व्यवसायी तथा तरुणदल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले जुगल गाउँ पालिका वडा नं. ५ स्थित रत्नराज्य मा.वि. मा स्थापना गरिएको आइसोलेसन केन्द्रको लागि बेड, सेनिटाईजर,मास्क र अण्डा उपलब्ध गराएका छन् । जुगल र बलेफी गाउँ पालिकाले संयुक्त रुपमा स्थापना गरिएको उक्त आइसोलेसन केन्द्रलाई लामाले ५ वटा आइसोलेसन बेड, ८० लिटर सेनिटाइजर, २२५० थान मास्क, १५ किरेट अण्डा र १५ वटा हर्लिक्स व्यक्तिगत खर्चमा सहयोग गरेका हुन् ।

उक्त सामाग्री जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ, कार्यकारी प्रमुख लोक बहादुर बि.क, आइसोलेसन व्यवस्थापन समिती तथा विद्यालयका प्र.अ पुष्पराज तिमल्सिना, शिक्षक महासंघ जुगलका सहअध्यक्ष भेषराम उपाध्याय, नेपाली काँग्रेस नेताहरु मधुकर श्रेष्ठ, प्रकाश ढकाल, रविन्द्र पौडेल, श्याम थापामगर र दावा लामा, तरुणदल नेता कुमार लामा लगायतको उपस्थितिमा हस्तान्तरण गर्नुभएको हो । हाल यस आइसोलेसन केन्द्रमा १५ जना उपचाररत रहेको केन्द्रका अध्यक्ष पुष्पराज तिमल्सिनाले बताउनुभयो । उहाँले सहयोगी राजेन्द्र लामा (दोर्जे) ले आफ्नो आग्रहलाई सहज रुपमा स्विकार गर्नुभै मानवीय सेवामा खुल्ला हृदयले सहयोग गर्नु भएकोमा हृदयदेखी नै धन्यवाद दिनुहुँदै सबैले यसरी नै सहयोग गरे आइसोलेसनमा बसिरहेका बिरामीहरुको समेत मनोबल बढ्ने तर्क रख्नुभयो ।

त्यस्तै लामाले अन्य बिरामी थप्दै गएमा आफुले प्रत्येकलाई १ किरेट अण्डा र १ बट्टा हर्लिक्स उपलब्ध गराउँदै जाने र यस्तै सहयोग एक्लैले गरेर नहुने र सबैले सकेको सहयोगको लागि तयार हुनुपर्ने भनाइ राखे ।

जुगल गाउँ पालिका अध्यक्ष श्रेष्ठले आफ्नो भनाइ राख्नुहुँदै “सहयोग कति मुल्यको गर्यो भन्दा पनि कस्तो बेला गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ । अहिले कोभिडको महासंकटका बेला तरुण दल उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले गर्नुभएको सहयोगले दुखको बेला, अप्ठ्यारोको बेला हामी उभिनुपर्छ भन्ने सन्देश दिएको छ ।” उहाँले थप्दै भन्नू भयो कुनै पनि संगठनमा आवद्ध जिम्मेवार व्यक्तिहरुले दोर्जेले जस्तै समाजको लागि गर्नु पर्ने योगदान गर्नु अहिलेको आवश्यकता रहेको पुष्टि गरेको बताए ।

राजेन्द्र लामा (दोर्जे) जुगल गाउँ पालिका नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी उम्मेदवार जय बहादुर लामाका छोरा समेत हुन् । लामा विगत देखि नै समाज सेवामा निरन्तर लाग्दै आउनुभएको छ । विगतमा जुगलका कतिपय विकट स्थानहरुमा सडक खन्नका लागि नि:शुल्क डोजर उपलब्ध गराउनुभएको थियो । त्यस्तै उहाँले विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ ।

 

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार