कोभिड – १९ बाट बच्न जनचेतना जगाउदै मण्डनदेउपुरका युवाहरु

  जन्मभूमि संवाददाता

काठमाडौं
श्री ग्रामीण बिकास संस्था काभ्रे तथा teerre des hommes help for children in Need ले
युवा शसक्तिकरण परियोजना अन्तर्गत किशोर तामाङको नेत्तृत्व मा गठन गरिएको युवा संजाल ले विश्व भरी माहमारीको रूपमा फैलिरहेको कोभिड – १९ विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

काभ्रे मण्डनदेउपुर न.पा. वडा नम्बर २ युवा संजाल द्वारा विभिन्न स्थानहरुमा जनचेतना मुलक फ्लेक्स प्रिन्ट, इस्टिकर प्रिन्ट साथै जनपद प्रहरी पोस्ट, पर्यटन प्रहरी पोस्ट, ट्राफिक प्रहरी पोस्ट गाउँ टोल, बजार दुग्ध सङ्कलन केन्द्र तथा भिडभाड हुने स्थान हरुमा माक्स सेनिटाइजर पन्जा आदि बितरण गरेको स्थानीय युवा वाङ्छुराज वाईबले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । वाईबाका अनुसार बिश्वभर बिकराल रुपमा फैलिरहेको कोभिडको संक्रमण गाउँघरमा फैलिन नदिन यो अभियान चलाएको बताए । “हामीले पोस्टर, पम्प्लेट बाटो बाटो, टोल टोलमा टाँसेर कसरी बच्न सकिन्छ भन्ने उपायहरु फोटो मार्फत सिकाउने प्रयास गरेका छौं, जुन फलदायी हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नू भयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार