बैशाख १६ गते देखि २२ गते सम्म काठमाडौंमा निषेधाज्ञा जारी

  प्रीतम कुमार तामाङ

काठमाडौं
काठमाडौं जिल्ला प्रशासनले कोभिड १९ को संक्रमितको संख्या बढ्दै गएपछी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । यहि बैशाख १६ गते बिहान ६ बजेदेखी बैशाख २२ गते राती १२:०० बजे सम्म अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्न निर्देशन जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी गरेको आदेशमा सार्वजनिक यातायात सबै बन्द हुने उल्लेख छ । त्यस्तै एम्बुलेन्स, खाद्यान्न, फोहोरमैलाका सवारी साधनहरु भने चल्न पाउने छन् । सरकारी कर्मचारी, संचारकर्मी, स्वास्थ्यकर्मीहरुका लागि सम्बन्धित विभाग र संस्थाको परिचय पत्र साथमा लिएर आवातजावत गर्न पाउने आदेश जारी गरेका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहने र बिबाहको हकमा बढिमा १५ जना सम्म सहभागी हुनेगरी प्रजिअको सिफारिसमा गर्न पाइनेछन् । आदेश पत्र ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार