जुगल सामुहिक बलात्कार आरोपमा दुई पक्राउ, मुख्य आरोपी अझै फरार

बलात्कारमा प्रयोग भएको बाईक र गाडी नियन्त्रणमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गएको १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिका ३ कि एक महिला सामुहिक बलात्कृत भएकी थिईन। ३२ वर्षकी महिला जलबिरेमा तीन महिने सुई लगाएर फर्किने क्रममा बाटोमै रात परेको थियो। कार्तिके लगायत बजारमा बाँस माग्दा कोभिडका कारण बास नपाएपछी पीडित महिला हिँडेरै रातारात गाउँ जाँदै थिए। यसै क्रममा उनी जुगल ४ को मान्जे भन्ने स्थान पुग्दा बाईकमा आएका केही युवाहरुको समुहले जबर्जस्ति बाईकमा राखेर केही पर रहेको बोलेरो गाडीमा लागि पालैपालो बलात्कार गरेको पीडितको भनाइलाई उद्धृत गर्दै नजिकका आफन्तहरुले बताएका छन्।
पिडित महिलाको मध्यरातमा बोलेरोमा होस खुलेकी थिईन। उनी दुई सन्तानको आमा समेत हुन्।
यस्तो कुकर्म गर्ने ४ मध्ये दुई जना पीडितले चिनेको र बाँकी दुई रातको समय भएकोले नचिनेको खुल्न आएको छ। दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला प्रहरी सिन्धुपाल्चोकले अनुसन्धान थालेका छन् भने मुख्य पिडित महिलाले पहिचान गरेका दुई फरार रहेकोछ। जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार उनिहरुको खोजिकार्य तिब्र पारिएको छ। साथै घटनामा प्रयोग भएको बोलेरो गाडी र बाईक पनि नियन्त्रणमा लिई जिल्ला लगिएको जानकारी आएको छ।
पीडित महिला प्रहरी कै संरक्षणमा चौतारामै राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनाको सन्दर्भमा घटना स्थल वरिपरि व्यापक बयान लिने कार्य भैरहेको छ।
यस घटनाको बारेमा स्थानीय सरकार र बिशेष गरि न्यायिक समिती मार्फत आवाज नउठेको महसुस भएकोले के गर्दै हुनुहुन्छ? भन्ने प्रश्नमा जुगल गाउँ पालिका उपाध्यक्ष सृजना तामाङले जन्मभूमि पोष्टलाई आफू केही दिन क्वारेन्टाइनमा रहेकोले सो घटनाको अभियुक्तहरु कुनै पनि हालतमा पक्राउ गराउन आफू कटिबद्ध रहेको बताए। तामाङले आफुले केही नगरेको भनें पक्कै नभएकोले आन्तरिक रुपमा प्रशासनलाई घटनामा संलग्नहरुलाई तत्काल खोजी अनुसन्धान गर्न पहल गरिरहेको जानकारी दिएका छन्।
https://youtu.be/gIHZBIWVcMQ

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार