सिन्धुपाल्चोक जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, दिपक कार्की
सिन्धुपाल्चोक जिल्लामा हिजो एकै दिन ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको हो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेशनमा बसेको छ । उहाँको घुलमिल जिल्ला प्रशासन कार्यालयमा समेत भएकाले आजैदेखि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने दैनिक सेवाप्रवाह बन्द गरिएको छ।

कर्मचारीको परिवारमा कोरोना पुष्टि भएको भन्दै प्रशासकिय अधिकृत सुनिता पहरीद्धारा आज जारी सूचना अनुसार आजदेखि असोज २६ गतेसम्म अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको उल्लेख छ। शान्ति सुरक्षा र मुद्धा मामला भन्दा वाहेकका कुनै पनि सेवा प्रदान नगरिने पहरीले जानकारी दिनुभयो ।
यस सम्वन्धि निर्णय आज बस्ने कमाण्ड पोष्टको बैठकबाट गरिदैछ ।

जिल्लामा योसँगै कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । २९ जना आइसोलेशनमा बसेका र अरु ११ जना क्वारेन्टिनमा रहेका छ्न। सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको तथ्यांक छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार