दुवै मृगौला पिडित प्रविनलाई नेकपाको नगद सहयोग, अझै जुटाउने प्रतिबद्धता

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ देउरालीका प्रविन मगर उमेरले भर्खरै १७ पुगे। यति सानै उमेरमा उनको दुवै मृगौला फेल भै हाल हप्ताको दुई पल्ट डाईलाइसिस गराई रहेको बताउँछन्। घरको आर्थिक स्थिति कमजोर भएकोले उनका बुबाले दुख गर्दै रिन लिएर उपचार गराईरहेको छ। हाल सम्म गाउँ कै आफन्तबाट आएको अलि अलि सहयोग र  करिब ६ लाख रिन लिएर उपचार गरिसकेको बताए । सानै उमेरको प्रविन जो उनको बुबा आमाको एक्लो छोरा बुढेसकालको सहारा समेत हुन् । उनलाई बचाउनका लागि हाल सम्म उपचारका लागि उहाँका बुबाले साथमा भएको पैसा, आफन्तजनबाट आएको सहयोग अनि लगभग ६ लाख रिन लिसकेको बताउँछन् ।

मृगौला पीडित १७ वर्षे प्रविन मगरलाई नेकपाको नगद रु ४ लाख ४३ हजार ६ सय ३० सहयोग

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Friday, 2 October 2020

हाल डाइलाईसिस गर्ने खर्च जोहो गर्न नसकेपछी सहयोगको लागि अपिल गरे पश्चात् उनको उपचार खर्चका लागी सिन्धुपाल्चोक जिल्ला र जुगल गाउँ पालिकाका जनप्रतिनिधि, नेता कार्याकर्ताहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन्। यसै सिलसिलामा नेकपा जुगलको पहलमा उठेको एकमुष्ट ४ लाख ४३ हजार ६ सय ३० रुपैयाँ नगद बिरामीलाई भेटेरै हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेश आर्थिक बिभाग सदस्य ईश्वर गुभाजु, जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ, जिल्ला सदस्य एवं सह इन्चार्ज रेशम स्याङ्बो, जुगल नेकपा ईन्चार्ज जरा बहादुर लामा, नेकपा अध्यक्ष पदम श्रेष्ठ (आक्रोश), सचिब लक्ष्मण दोङ, गाउँ पालिका उपाध्यक्ष सृजना तामाङ, राष्ट्रिय युवा संघ नेपाल जुगल संयोजक फुलकाजी स्याङ्बो (वान पिस) पीडितको डेरा मै पुगेका थिए।

नगद सहयोग हस्तान्तरण पश्चात् जुगल गाउँ पालिका नेकपा अध्यक्ष पदम श्रेष्ठ (आक्रोश) ले मृगौला पिडित प्रविनको लागि अझै सहयोग जुटाउने बताए।

त्यस्तै जुगल नेकपा ईन्चार्ज जरा बहादुर लामा र सचिब लक्ष्मण दोङले पिडितको ज्यान बचाउन पार्टिमा छलफल गर्ने र अन्य सबैमा सहयोगको लागि पहल गरे।

पिडित मगरकै वडाका वडा सदस्य यान्द्र बहादुर मगरले देशबिदेशमा रहेका र गाउँ कै आफन्तजनलाई सहयोगको अपिल गरेको र सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव सबैमा धन्यवाद दिए।

मृगौला पिडित प्रविनको उपचारको लागि करिब १८ लाख लाग्ने बताए। हाल सम्म केही रकम जम्मा भएको र अन्य रकम अझै अपुग रहेकोले बाँकी सहयोग जुट्ने आशामा छन् । उहाँलाई सहयोग गर्न चहानुहुने महानुभावहरुले सम्पर्क नं. 9851008956 खाता नं. 00202942640015 हिमालय बैंक लिमिटेड रहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार