जुगल लिदिमा पहिरो, ब्रम्हायणी खोलाको बहाव ५ वर्ष यता कै उच्च

ब्रम्हायणी खोलाको बहाव ५ वर्ष यताकै उच्च

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
हिजो राती देखि परिरहेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको लिदिमा पनि पहिरो झरेको खबर प्राप्त भएको छ । त्यस्तै गोल्चे, गुम्बा, बोल्दे लगायतको खहरे खोलाहरुले जमिन कटान तिब्र रुपमा गरिरहेको त्यहाँका स्थानीयले फोन मार्फत जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । अहिले सम्म कुनै मानवीय क्षति भए नभएको थाहा हुन आएको छैन ।

त्यस्तै लिदिबाट झरेको पहिरोले बलेफी हाईड्रोपावरको ईन्टेकमा क्षति पुगेको छ । साथै ३ स्काईभेटर सहित केही भौतिक संरचना समेत पुरिएको जानकारीमा आएको छ । हाईड्रोपावरमा थप कति क्षति भयो भन्ने यकिन भएको छैन ।

जुगलको शिर हुँदै बहने ब्रम्हायणी खोला ५ वर्ष यताकै उच्च बहाव भएको जलबिरेका स्थानीयहरु बताउँछन् । यस खोलाका किनारमा पर्ने मान्जे, कार्तिके, डाँडे, जलबिरे, नौबिसे र बलेफी बजार नजिकका स्थानीय त्रासले घर बस्न सकेको छैन । स्थानीयहरु जत्तिबेला पनि खोलामा आएको बाढिले क्षति पुर्याउन सक्ने भन्दै अहिले सम्म सुरक्षित रुपमा बसिरहेको जानकारी आएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार