बाह्रबिसे १ वडा अध्यक्ष कामी शेर्पाले वडाका स्वयंसेविका र कर्मचारीहरुको कोरोना बिमा गरिदिने

  जन्मभूमि संवाददाता

बाह्रबिसे
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामी शेर्पाले आफ्ना वडामा स्वयमसेवकको रुपमा काम गरिरहेका ४ स्वयमसेविका र प्राविधिक सहितको अन्य ४ कर्मचारीहरुको कोरोना बिमा गरिदिने भएको छ । विश्व नै कोभिडको चपेटामा परिरहेको बेला नेपालमा पनि बिस्तारै यो समुदाय स्तरमा फैलिन सक्ने त्रास भैरहेको छ । यस्तो बेला फ्रन्ट लाईनमा रहेर जनताको स्वास्थ्यको ख्याल गर्ने, कार्यालयमा प्रत्यक्ष जनताको सेवाको लागि खटिने र बिकास निर्माणको कार्यमा अहोरात्र खटिने कर्मचारीहरुको बिमाले उनिहरुमा निर्धक्क काम गर्ने आत्मबल बढ्ने अध्यक्ष शेर्पाको धारणा छ ।

शेर्पाका अनुसार खासमा यो कुनै ठूलो कार्य नगरेको भएपनी कम्तिमा जनता संग प्रत्यक्ष रहेर काम गर्नेहरुको लागि कोरोना बिमा आजको आवश्यकता भएको बताउनुहुन्छ । बिमा आफ्नो व्यक्तिगत खर्चमा गर्न लागेको पनि उहाँले सुनाउभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार