सिन्धुपाल्चोक
कोरोना महामारी बढिरहेको बेला विभिन्न ठाउँका युवाहरु यसको रोकथामका लागि सक्रिय भैरहेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँ पालिका -२, कुञ्चोकका समाजसेवी युवाहरुको समुह कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय भएका छन् ।
युवाहरुको समुहले ईन्द्रावति -२, कुञ्चोकका सबै घरमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसबाट लाग्ने कोभिड १९ को न्यूनिकरण तथा रोकथामका लागि युवाहरूले सहयोग संकलन गरि सो सामाग्री वितरण गरिएको स्थानिय समाजसेवी मदनराज गिरीले बताए ।
उनका अनुसार सो स्वास्थ्य सामाग्री समाजसेवीहरु मोहन बहादुर गिरी , श्यामशुभम् गिरी, हिरा गिरी, बिष्णुकुमार भारती , रामशरण भारती, रामशरण गिरी,दल बहादुर भारती, बलराम गिरी, मेख बहादुर गिरी तथा धनपति आचार्यले आर्थिक सहयोग संकलन गरि वितरण गरेका हुन् । ति सामाग्रीहरु सरस्वती अधिकारी, जीवन भारती , मदनराज गिरी, कृष्ण बहादुर थापा , सुमन भारती र प्रल्हाद गिरी लगायत अन्य युवाहरुको सक्रियतामा वडामा रहेका सबै पाँच सय ९१ घरमा नै पुगेर वितरण गरिएको हो ।
साथै यो समुहले ईन्द्रावति गाँउपालिका कार्यालयलाई १००० थान माक्स उपलब्ध गराएको र छिमेकि वडा, वडा नं -३ मा २००० थान माक्स वडा अध्यक्ष श्री देबप्रसाद बानियाँलाई वडा कार्यालयमा गई हस्तान्तरण समेत गरेको एक अभियन्ता बिष्णुकुमार भारतीले जानकारी दिए । मध्यविन्दु अनलाइनबाट