क्षेत्रीय उपसभापति तामाङको नेतृत्वमा पक्षघातका बिरामीलाई नगद उपचार खर्च

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति रामकुमार तामाङको नेतृत्वमा पक्षघातका बिरामीलाई नगद उपचार खर्च हस्तान्तरण गरिएको छ । बलेफी गाउँ पालिका ६ बदर्पाकी डोममाया तामाङलाई अस्पताल मै पुगि नगद वितरण गरिएको युवा नेता एवं समाजसेवी तामाङले बताउनुभयो ।

तामाङका अनुसार सो नगद रकम आफू सहित बलेफी ६ काँग्रेस ईकाई सभापति राम चन्द्र थापा, सचिव दिल्ली राम पौडेल, क्षेत्रीय प्रतिनिधिहरु टोप बहादुर तामाङ, चरी बहादुर तामाङ र रामजी प्रसाद पराजुली को पहलमा रु.१० हजार सहयोग गरेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस बलेफी गाउँ पालिकाका नेता कार्याकर्ताहरु विगत कोरोनाको पहिलो चरण देखि नै आफ्नो पालिका भित्र स्वास्थ्य सामाग्री हस्तान्तरण देखी स्वास्थ्य चौकीलाई बेड, अक्सिजन लगायत सामाग्रीहरु निरन्तर वितरण गर्दै आएको छ । साथै आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र एम्बुलेन्स भाडा समेत उपलब्ध गराउँदै आएको छ ।             

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार