हेलम्बु र चौताराले कोभिड-१९ खोपका लागि सरकार संग भन्यो; कि खोप, कि किन्न अनुमती देउ

"अति आवश्यक स्वास्थ्य सेवा दिनु ३ तहको सरकारको दायित्व हो ।"

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाका २ स्थानीय तहले सरकार संग कोभिड १९ को खोप खरिदका लागि अनुमति माग गरेका छन् । चौतारा साँगाचोक गढी नगरपालिका र हेलम्बु गाउँ पालिकाले क्रमशः २ डोजका दरले ६० हजार र ३० हजार माग गरिएको हो । खोपको लागि पठाइएको पत्रमा “कि खोप, कि किन्न अनुमती” दिनु पर्ने आसय उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथलाई लेखिएको माग पत्रमा विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट बच्न एक मात्र विकल्प खोप भएको उल्लेख गरिएको छ । त्यस्तै माग गरिएको खोप मन्त्रालयले उपलब्ध नगराए नेपालको संविधान २०७२ को धारा ३५ , अनुसुची ८ मा स्थानीय तहको हक र अधिकार अनुसार स्वास्थ्य सम्बन्धी मौलिक हकको प्रयोग गर्दै गाउँ पालिका तहबाटै खोप खरिदका लागि आवश्यक अनुमती प्रदान दिनु भनिएको छ ।

स्थानीय तहको हक अधिकार को सुची अन्तर्गत आधारभुत स्वास्थ्य तथा सरसफाईको अनुसुची ९ मा स्वास्थ्य साझा आधारभुत अधिकार भएकोले आकस्मिक स्वास्थ्य सेवा तिनै तहको सरकारको दायित्व भित्र पर्ने उल्लेख छ । पत्र;

हेलम्बु गाउँ पालिकाले लेखिएको माग पत्र
चौताराले पठाइएको पत्र

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार