काठमाडौं
बिश्वभर कोरोना संक्रमण फैलिदै गएको अवस्थामा नेपाल सरकारले पनि विद्यालयहरु बन्द गराउने निर्णय गरेको छ । दोश्रो चरणको कोरोनाले महामारीको रुप लिन थालेपछि भिडभाड र जोखिम स्थानहरु संचालनमा कडिकडाई गर्ने तर्फ सरकार उन्मुख हुन थालेका छन् ।
फलस्वरूप आजबिहान बसेको मन्त्रीपरिषदको बैठक प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । यातायात सहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।