जीवन मृत्युको दोसाँधमा रहेकी १६ वर्षीय गरिमालाई काँग्रेस क्षेत्रीय सभापतिद्वारा नगद सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ निवासी १६ वर्षीय गरिमा थापाको उपचारार्थ नगद सहयोग गरिएको छ । सिन्धुपाल्चोक नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नगद रु. २५ हजार उपचार गरिरहेको अस्पताल मै पुगेर बिरामीका आमालाई हस्तान्तरण गरिएको हो ।

गरिमा जीवन र मृत्युको दोसाँधमा रहेकी छन् । उनी लडेर टाउकोमा चोट पुगि रगत जमेर गम्भीर घाइते भएको थियो । उपचार कै क्रममा ४५ दिन देखि पाटन मानसिक अस्पतालमा उपचार गराईरहेकी छन् । आर्थिक अभावका कारण उनको उपचारमा समस्या आएको खबर प्राप्त हुन साथ सभापति बस्नेतले सकेको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आर्थिक अभावमा कोहि पनि उपचारमा समस्यामा पर्न नहुने बताए । काँग्रेस जनताको पार्टी भएकोले गरिमाको उपचारका लागि थप सहयोग जुटाउन पहल गरिने पनि जानकारी दिनुभयो ।

बिरामीका बुबा दिपक थापाले छोरिको उपचारका लागि आर्थिक अभाव रहेकोले सहयोगको आशा गर्नु हुन्छ । उहाँ भन्नू हुन्छ “मनकारी दानी व्यक्तित्वहरुले सकेको सहयोग गरिदिए छोरिको ज्यान बच्ने थिए” ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार