पुर्व मन्त्री बस्नेत परिवारका सदस्यहरुको कोरोना नेगेटिभ

दहसंस्कार भैसकेको आफ्ना पिताको हप्तादिन पश्चात् आएको पिसिआर रिपोर्ट र कोरामा बसिरहेकै बखत स्वाब संकलन गर्न दिईएको टर्चरले बस्नेत परिवार पीडा माथी पीडा थपेको गुनासो गर्नुहुन्छ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
मृत्यु भएर दहसंस्कार गरिसकेको आफ्ना पिताको हप्ता दिन पश्चात् स्वास्थ मन्त्रालयद्वारा कोरोना पोजिटिभ रिपोर्ट भनेंर आएका समचारहरुले बस्नेत परिवार मात्रै नभै मलामी पुगेका हजारौंलाई डर पैदा गराईदियो।
नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतका पिता खड्का बहादुर बस्नेतको यसरी रिपोर्ट आएपछी खैलाबैला नै भएको हो। यसरी रिपोर्ट ढिलो आउनु र अस्पतालले शव छिटो लानु भन्ने कुराहरुले गर्दा शोकमा डुबेका बस्नेत परिवारलाई थप पीडा पुगेको बताउँदै आएको छ। कोरामा बसिरहेको व्यक्तिलाई जबरजस्ती स्वाब संकलन गर्न दबाब आएको थियो।

उहाँ सहित अन्य परिवारका सदस्यहरुको १३ पछि कोरोना टेष्ट गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राजधानीको हेम्स अस्पतालमा गरिएको परिक्षणमा बस्नेतसहित उनका चार दाजुभाई र चार बुहारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। बुधबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै स्वर्गीय बस्नेतको अन्तिम संस्कारमा सहभागी ५३ जनाको स्वाब बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले संकलन गरीसकेको छ ।

यस अघि अन्तिम संस्कारमा सहभागी ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको आईसकेको छ। नेता बस्नेतले कोरोनाबाट सर्वसाधरण जनता संक्रमित नहोस् भनेर स्वास्थ्य सामाग्री सिन्धुपाल्चोकको कुनाकुनामा पुर्याउनुभएको थियो। यसरी खुलेर उहाँले गरेको काम सहन नसक्नेहरु र आफू पनि केही नगर्नेहरुले पटकपटक विभिन्न तवरले प्रहार गर्दै आएको उहाँ बताउनुहुन्छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार