बाह्रबिसेका ८४ वर्षीय पुरुषको दहसंस्कारमा उपस्थित ५६ जनाको PCR नेगेटिभ

दहसंस्कार पश्चात् धेरै दिन पछि कोरोना पोजिटिभ रिपोर्ट आएको खबरले मलामी गएकाहरुमा संत्रास फैलिएको थियो।

काठमाडौं
मृत्यु भएको ६ दिन पश्चात् कोरोना पोजिटिभ रिपोर्ट आएका बाह्रबिसेका ८४ वर्षीय पुरुषको दहसंस्कारमा उपस्थित ५६ जनाको PCR नेगेटिभ आएको छ। मृतकको शव निकाल्द कुनै अवरोध नगरेका अस्पतालले करिब १ हप्ताको लामो समय पश्चात् दहसंस्कार भैसकेको अवस्थामा कोरोना रिपोर्ट पोजिटिभ आएको खबर हल्ला भएपछि सिन्धुवासी मात्र नभै देशैभर चर्चा र खैलाबैला भएको थियो। मृतक ८४ वर्षीय पुरुषको त्रि.वि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा साउन २२ गते उपचारका क्रममा निधन भएको थियो ।

उहाँको मलामीका लागि हजारौंको संख्यामा विभिन्न स्थानबाट पुगेका थिए। जसले गर्दा बाह्रबिसे नगरपालिका तुरुन्तै सिल गरि प्रत्यक्ष उपस्थितहरुको PCR चेकजाँच गरेका थिए। यसै क्रममा पटकपटक गरि ५६ जनाको टेस्ट भैसक्दा कसैको पनि पोजिटिभ आएको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले स्वाब संकलन गरी परिक्षण गर्दा आइतबार २१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आउनेहरुमा चित्रबहादु बस्नेत, काशीराज बस्नेत, केदारमानसिंह बस्नेत, जयन्द्र पौडेल र क्षमादेवी उपस्वास्थ्य चौकी बाह्रविसेका दुई जना कर्मचारीसहित २१ जना छन ।
यस अघि शव बोक्ने बालकृष्ण बस्नेत, युधिर पौड्याल लगायत ३५ जनाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आईसकेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार