युवा समाजसेवी वसन्त लामाको पहलमा मृगौला पिडित शक्ति तामाङलाई नगद सहयोग 

  जन्मभूमि संवाददाता

काठमाडौं
जुगल ७ याङ्लाकोटका युवा समाजसेवी वसन्त लामा (घिसिङ) को पहलमा दुवै मृगौला पिडित शक्ति तामाङलाई नगद रु. २९,६५०/- (अक्षरुपी उनान्तिस हजार छ सय पचास) संकलन गरि सहयोग हस्तान्तरण गर्नुभएको छ । तामाङलाई याङ्लाकोट, कालंसा, धुर्जा गाङ, चाम्बुडे र बिसिंगर लगायतका स्थानीयहरुले सकेको नगद सहयोग गरेका छन् ।

पिडित शक्ति तामाङ जुगल ७ का विवि सिं तामाङको छोरा हुन् । आर्थिक रुपमा विपन्न शक्ति उपचार गर्ने खर्चको अभावमा उपचारको पर्खाईमा छन् । उनलाई अहिले सबै तिरबाट आर्थिक सहयोग जुट्दै पनि छन् ।

सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेका वसन्त लामाले सानै उमेरमा यस्तो दुखद रोग लागेका शक्तिलाई बचाउन सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैमा अनुरोध गर्नुभएको छ । यसरी सबै स्थानीय लगायत अन्य सबैले मन खोलेर सहयोग गरेकोले शक्तिका आमाबुबा छोराको उपचार गर्न सकिन्छ कि भन्ने आशाले खुशी छन् । सहयोगीदाताहरुको नाम तपसिल छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार