जुगल ५ राम्चेमा सामुदायिक पुस्तकालय, २०० भन्दा बढी स्थानीय लाभान्वित हुने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
“भनिन्छ हजारौं भट्टी पसल हैन एउटा पुस्तकालय खोल्नुहोस्” जहाँ अन्धकारलाई चिर्ने लाखौँ ज्योती चम्किने छ ।” हो, जुगल गाउँ पालिकाको वडा नं. ५ राम्चेमा रु. ५ लाखको लागतमा “राम्चे सामुदायिक पुस्तकालय” स्थापना भएको छ । पुस्तकालय भुमेश्वरी आधारभुत विद्यालयमा स्थापना गरेको हो । सामाजिक बिकास मन्त्रालय प्रदेश सरकार मार्फत प्राप्त बजेटले आवश्यक पुस्तक, ल्यापटप देखि वाईफाई खरिद गरि तयारी अवस्थामा राखिएको पुस्तकालयका आजिवन सदस्य श्याम थापा मगरले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ ।

पुस्तकालयको स्थापना पश्चात् बिशेष गरि राम्चे, कपासे, ढाँडे, अदामारा र अर्चलेका स्थानीयहरुले लाभ लिन सकिने छ । जहाँ विभिन्न विषयमा ज्ञान लिनको लागि थरी थरीका पुस्तकहरु उपलब्ध छन् । जुन सुकै उमेर समुहकाले पनि आफ्नो रुचीका विषयहरुमा ज्ञान आर्जन गर्न सकिनेछन् । यहि श्रावण २४ गते विद्यालय प्रांगणमा धुमधामले उद्घाटन हुने संचालक समितिका अध्यक्ष रन्जित आचार्यले जानकारी दिनुभएको छ । साथै उहाँले उद्घाटन समारोहमा सबैमा मास्क लगाई उपस्थित हुन समेत अनुरोध गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार