विश्वशान्ति चिरणमिलन क्याम्पसले तामाङ विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिमा पढाईने

  प्रितम कुमार तामाङ

काठमाडौ
पत्रकारिता अध्ययन गर्न चहाने विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययन गर्ने विषयमा दुई पक्ष बिच सम्झौता भएको छ । तामाङ पत्रकार संघ काठमाडौं शाखा र विश्वशान्ति चिरणमिलन क्याम्पसबीच सोही सम्झौता भएको हो । सम्झौतामा तामाङ विद्यार्थीले ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

बुधबार बाँसबारीस्थित क्याम्पसमा गरिएको एक कार्यक्रमबीच सम्झौता भएको जिल्ला शाखा अध्यक्ष हिरोज लोप्चनले बताउनुभयो ।सम्झौतापत्रमा क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने र शाखाका तर्फबाट अध्यक्ष लोप्चनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने तामाङ समुदायका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यसका लागि तामाङ पत्रकार सङ्घ जिल्ला शाखा काठमाडौंले सिफारिस गर्नुपर्नेछ । चार वर्षसम्म स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै क्याम्पस प्रमुख न्यौपानेले पत्रकारमा देशको सत्तालाई उथलपुथल गर्न सक्ने शक्ति हुने भन्दै संघ संग सम्झौता गर्न पाउँदा गौरव महसुस भएको बताए । कलममा शक्ति हुन्छ । त्यो शक्ति पत्रकारबाट प्रयोग हुन्छ । पत्रकारमा देशको सत्तालाई उथलपुथल पार्ने शक्ति हुन्छ’, उनले भने, त्यस्तो शक्ति हुने पत्रकार उत्पादनका लागि सम्झौता गर्दा गौरव अनुभूत भएको छ । अरूलाई पनि यहाँ छात्रवृत्ति त दिइएको छ, तैपनि विशेषगरी तामाङ समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्दछु ।’
क्याम्पस चक्रपथबाट नजिकै भएपनि कोलाहलयुक्त नरहेको, शान्त वातावरण भएको तथा गुणस्तरीय अध्यापन गरिने भएकाले धेरै विद्यार्थीको रोजाइमा परिरहेको न्यौपानेको भनाइ छ । उनका अनुसार क्याम्पसले क्यूएए प्रमाणपत्र पाउने अन्तिम चरणमा पुगेको छ ।

तामाङ समुदायलाई शिक्षा क्षेत्रमा माथि उठाउने र पेसागत गुणस्तरीयतालाई निखार्ने उद्देश्यका साथ क्याम्पससँग सम्झौता गरिएको शाखा अध्यक्ष लोप्चनले बताए । शिक्षा कमजोर हुँदा हामी पछि परिरहेका छौँ । शिक्षा मार्फत् पेसागत गुणस्तरीयता ल्याउन चाहन्छौँ’, उनले भने, यसबारे सोच्दै जाँदा क्याम्पसँग हाम्रो टिमले छात्रवृत्ति सम्बन्धी सम्झौता गर्न पाएको छ । यस्तो अवसरका लागि क्याम्पस र क्याम्पस प्रमुख न्यौपानेज्यूप्रति आभारी छौँ ।’

संघ र क्याम्पसबीच पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको सम्झौता उदाहरणीय कार्य भएको तामाङ पत्रकार सङ्घ जिल्ला शाखाका संरक्षक तथा संस्थापक अध्यक्ष युनिकरक्षक ग्लानले बताए । साथै उनले तामाङ समुदायको शैक्षिक उन्नतिका लागि क्याम्पसले उपलब्ध गराउने छात्रवृत्तिका लागि क्याम्पसलाई धन्यवाद व्यक्त गरे । क्याम्पसले पत्रकारिता अध्ययन गर्न चाहने तामाङ समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिवद्धता गरी सम्झौता गरेको छ’, उनले भने, यसका लागि क्याम्पस परिवारलाई हार्दिक धन्यवाद ।’
उनले क्याम्पसको थप उन्नतिको कामनासमेत व्यक्त गरे । यस्तै शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सन्तोष योञ्जनले क्याम्पसँग अन्य विषयमा पनि सहकार्य गर्न सकिने बताए । क्याम्पसले छात्रवृत्ति प्रदान गर्दा आफूहरूले पनि आना सञ्चारगृहमा क्याम्पसका विद्यार्थीहरूलाई प्रशिक्षार्थी पत्रकार (इन्टर्न) गराउन सक्ने बताएका हुन् । हामी क्याम्पससँग थुप्रै सहकार्य गर्न सक्छौँ’, उनले भने, हामी तत्कालै यस क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीलाई हाम्रा सञ्चारगृहमा इन्टर्न गराउन सक्छौँ ।’
२०४८ सालमा स्थापना भएको क्याम्पस सुरुवातमा डिल्लीबजारमा रहेको थियो । दुई वर्षसम्म चल्न नसकेपछि बाँसबारी सारिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार