उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा त्रि-पद्म विद्याश्रम पुरस्कृत

  प्रीतम कुमार तामाङ

ललितपुर
सामुदायिक विद्यालयहरूको प्रतिष्ठा बढाउँदै त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले ललितपुर जिल्ला कै उत्कृष्टको रुपमा पुरस्कृत भएको छ ।यस वर्षको SEE मा उल्लेखनीय सफलता प्राप्त गरेकोले यस विद्यालय सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गरेका छन् । विद्यालयले ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसमा आफ्नो शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेको हो ।

गत २ गते महानगरले आयोजना गरेको कार्यक्रममा ऐतिहासिक उपलब्धि गरेको भन्दै प्रधानमन्त्री केपि शर्मा ओलि र नगरप्रमुख चिरिबाबु महर्जनको बाहुलीबाट पुरस्कार प्रदान गरेको छ । यसै विद्यालयकी विद्यार्थी प्रिन्सी कर्णले ३.९६ GPA हासिल गरी विद्यालयलाई सर्वोत्कृष्ट बनाएको छ । यस उपलब्धिका लागि विद्यालयले नगद पुरस्कार स्वरूप नगद रु. ७ लाख ५० हजार र उत्कृष्ट विद्यार्थी कर्णले व्यक्तिगत रूपमा रु. २ लाख नगद सहित सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालले यो सफलता सम्पूर्ण शिक्षकहरूको अथक मेहनत विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरू को निरन्तर समर्थनको परिणाम भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्व र शिक्षक मण्डलीको समर्पणको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रतिबद्ध रहेको घोषणा गर्नुभयो ।

अतिरिक्त क्रियाकलाप इन्चार्ज पवन कोइरालाका अनुसार विद्यालयको यो सफलता शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षको सहकार्यको प्रतिफल रहेको बताउँछन् । उनले यस उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा केवल ललितपुरमा मात्र नभई राष्ट्रियस्तरमै स्थापित गरेको जिकिर गर्नुभयो ।

यो उपलब्धिले त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले सामुदायिक विद्यालयहरूको लागि प्रेरणाको स्रोतका रूपमा नयाँ उचाइ कायम गरेको छ । विद्यालयले भविष्यमा पनि शैक्षिक उत्कृष्टताका नयाँ आयाम स्थापित गर्दै सामुदायिक शिक्षा क्षेत्रको गौरवलाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार