
सिन्धुपाल्चोक
“संसार भरीको गोलेहरु एक हौ” भन्ने मुल नाराका साथ गोले तामाङ बंश उत्थान समाजको ९ औ राष्ट्रिय सम्मेलन तथा १२औ साधारण सभा यहि आउँदो जेठ ३ र ४ गते सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ३ तामाङहरुको घना बस्ती धुस्कोटमा हुने भएको छ ।
कार्यक्रममा देश तथा बिदेशबाट गोले समुदायलाई प्रतिनिधित्व गर्दै भारतको सिक्किम, दार्जिलिङ, मिरिक, जयगाउँ र असाम लगायत अन्य ठाउँबाट पनि प्रतिनिधिहरु उपस्थित हुने बताएको छ ।
प्रमुख अतिथिका लागी सिक्किमका मुख्य मन्त्री प्रेम सिं गोले “पिएस गोले” तामाङलाई निमन्त्रणा पत्र लिएर संस्थापक अध्यक्ष जय गोले तामाङको नेतृत्वमा सिक्किम जाने तयारी भएको छ ।
कार्यक्रममा सहभागीहरुलाई मनोरन्जन दिनाकालागी राष्ट्रिय स्तरको कलाकारहरुले प्रस्तुति दिने बताएको छ । नेपालको विभिन्न क्षेत्र गाउँ थाङ्पाल गुन्सा, धुस्कोट, डाडाँगाउँ, गहते, लप्से, चिम्लिङ, बिन्ज्याल, बदर्पा, इर्खु, खाले, हगाम याङ्लकोट, संचागाउँ, अर्चले ज्यामिरे, राम्चे, मानेश्वारा, केम्बे, डाडाँकटेरी, बसेरी, कर्थली, पाटी गाउँ, ताक मारा, सिपा, लगायत अन्य ठाउँ बाट गोले समुदायहरु र वरपर नजिकका बस्तीहरुबाट गोलेको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलक समेत कार्यक्रममा उपस्थित हुने बताएको छ ।
गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । धुस्कोट गाउँमा किपट भुमि थाङ्पालबाट केही पुस्ता पछि बसाइँ सरेर आएको भन्ने कथन छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७१ साल असोज १७ गते काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको बर्तमन अध्यक्ष मीन गोले तामाङले बताएको छ ।
कार्यक्रममा गोले समुदायको पहिचान, कला, रितिरिवाज, कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार, पुर्व मन्त्री दावा गोले तामाङले बताएको छ ।
गोले बंश समाजको ९औ राष्ट्रिय सम्मेलन तथा १२ औ साधारण सभा सफल पार्न व्यवस्थापन समितिको संयोजकमा प्रीतम गोले तामाङ, गोले वंश परिचालन समितिको संयोजकमा राम गोले तामाङको नेतृत्वमा ५५ सदस्य कमिटी गठन, प्रचारप्रसारको संयोजकमा बिमल गोले तामाङको नेतृत्वमा गठन भएको छ ।