क्यान्सर पीडित लक्ष्मी तामाङलाई ईराकबाट नगद आर्थिक सहयोग प्राप्त

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक जुगल ७ याङ्लाकोटकी क्यान्सर पीडित लक्ष्मी तामाङ (अर्चना) लाई आर्थिक सहयोग प्राप्त भएको छ । पीडित अर्चनालाई विभिन्न देशमा बसोबास गर्ने दाजुभाइ, दिदिबहिनीहरुले उनको भिडियो देखेपछी सहयोग गरेका हुन् । केही हप्ता अघि जन्मभूमि पोष्टबाट उनको अवस्था बारे सानो भिडियो प्रसारण गरेका थिए ।

यसै सिलसिलामा इन्द्राराज योन्जनको पहलमा उठेको नेपाली रुपैयाँ रु. ४९ हजार ७८ हस्तान्तरण गरेका हुन् । रकम पठाउनेमा
सानुमाया तामाङ १००$, टिकराम न्यौपाने ५०$, रुपा तामाङ ५०,००० दिनर, जिन्दन तामाङ ४०,००० दिनर, दावाल्हामु तामाङ ५०$, छिरिङ शेर्पा २५००० दिनर, मन्जु कोइराला २५००० दिनर र शंकर तामाङ २०००० दिनर हुनुहुन्छ ।

त्यस्तै गाैरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाज ४५,२५० ईराकी दिनर, कमल राणा सारु मगर २५,००० ईराकी दिनर, नरेस खत्री २५,००० ईराकी दिनर, पेमा शेर्पा १५,००० दिनर ईराकी, ममत खत्री १०,००० दिनर ईराकी, रामचन्द्र श्रेष्ठ १०,००० दिनर
ईराकी, सिता घले गुरुङ 5$ dolar, ईन्दिरा थापा ५,००० दिनर ईराकी, राेसिका तामाङ ५,००० दिनर ईराकी हुनुहुन्छ ।

यसरि बिदेशी भुमिमा रगत पसिना गर्दै आफ्नो चेलीको उपचारका लागि सहज होस् भन्ने मनोभावनाका साथ पीडित लक्ष्मी तामाङलाई आर्थिक सहयोग आउने क्रम जारी छ । सर्वप्रथम यो अभियान लाल सिं तामाङले सुरुवात गर्नु भै यस अघि नै नगद १ लाख २० हजार पठाईसक्नु भएको थियो । सहयोगी मनहरु प्रती हार्दिक आभार एवं नमन छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार