गोले वंश सम्मेलनमा परम्परा पुनरुत्थानसँगै निर्माणाधीन गुम्बालाई ५० हजार सहयोग

संस्कार पुनरुत्थान र सांस्कृतिक संरक्षणमा गोले तामाङ समाज सक्रिय

  प्रितम कुमार तामाङ

सिन्धुपाल्चोक
गोले तामाङ वंश उत्थान समाजको नवौं राष्ट्रिय सम्मेलन तथा बाह्रौं स्थापना दिवस भव्य रूपमा बलेफी गाउँपालिका–३, धुस्कोटमा सम्पन्न भएको छ। सम्मेलनको अवसरमा ३ गते साँझ गोले वंश साँझ कार्यक्रमसहित ४ गते औपचारिक सम्मेलन हजारौंको उत्साहजनक उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रममा सहभागी गोले समुदायका सदस्यहरूले आपसमा कुल पूजाबाट सुरु गरेर ‘खेप्पा शुह्ङ’, भाषा, धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध छलफल र बहस गरे। यसले बिस्तारै बिर्सिँदै गएको गोले संस्कारलाई पुनः जीवित बनाउने अवसर प्रदान गर्‍यो।

सम्मेलनबाट समाजले एउटा नयाँ अभ्यासको थालनी गरेको छ; सम्मेलन आयोजना हुने स्थानलाई स्मृतिस्वरूप केही उपहार प्रदान गर्ने। यसैअनुसार, धुस्कोटस्थित निर्माणाधीन छ्योलिङ घेदुङ गुम्बालाई झ्याल र ढोका जडानका लागि रु. ५०,००० नगद सहयोग प्रदान गरिएको छ। नगद सहयोग गुम्बाका टीका लामा आशिष लामालाई हस्तान्तरण गरेको छ।

संघीय अध्यक्ष मिनप्रसाद गोलेका अनुसार समाजले बौद्ध धर्मका पुराना एवं महत्वपूर्ण धरोहरहरूको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसारलाई लक्ष्य बनाएर यस्ता गतिविधिमा सक्रियता बढाउँदै आएको छ।

सम्मेलन धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बा प्राङ्गणमा सम्पन्न भएको हो। समाजका सल्लाहकार कुल बहादुर गोलेको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार जय प्रसाद गोले, सल्लाहकार पुर्व माननीय दावा गोले, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर गोले, सल्लाहकार राम गोलेको विशिष्ट आतिथ्य्ता एवं बाह्रबिसे नगरपालिकाका उपप्रमुख मञ्जु गोले, बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा थोकर लगायतको विशेष आतिथ्यतामा सम्मेलन भएको थियो ।

सम्मेलनमा अक्षयकोष स्थापनार्थ सहयोग नगद सहयोग गरेका महानुभावहरुलाई सम्मान समेत गरे। जसमा संघिय अध्यक्ष मीन प्रसाद गोले १ लाख ११ हजार १ सय ५, पुर्व बृटिस आर्मी दलमान गोले १ लाख ५ हजार, सल्लाहकार भिमबहादुर गोलेबाट १ लाख, महासचिव धन बहादुर गोलेबाट १ लाख, केन्द्रिय सदस्य राम बहादुर गोले बनेपा १ लाख १ हजार १ सय ५, बाह्रबिसे नगर उपप्रमुख मञ्जु गोलेबाट १ लाख ११ हजार १ सय ११ सहयोग प्राप्त भएको थियो। त्यस्तै गरि बाह्रबिसे नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रेशम गोलेद्वारा १ लाख १ हजार र मकवानपुर भिमफेदी १ स्थायी घर भै बौद्ध निवासी युवा नेता एवं समाजसेवी दिपक गोलेले १ लाख ५५ हजार ५ सय अक्षयकोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार