फोनिज सिन्धुपाल्चोकको नेतृत्वमा कमला पाख्रीन

  सागर तामाङ (जन्मभूमि संवाददाता)

सिन्धुपाल्चोक
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाको चौथौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कान्तिपुरकर्मी कमला पाख्रीन अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको छ ।

पाख्रीनको नेतृत्वमा उपाध्यक्षमा दिपेन्द्र घले, सचिबमा आइसिङ तामाङ, सहसचिवमा रबिन दानुवार, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यमा क्रमशः सरोज लामा, विपना गोले, बरदान गुरुङ र प्रेम लामा चयन भएको छ । साथै सम्मेलनबाट संघीय प्रतिनिधि तर्फ सुरेश कसाजू, जीवन श्रेष्ठ, आस्मी स्याङ्तान र फुलमान तामाङ चुनिए भने प्रदेश प्रतिनिधिमा मानकाजी पाख्रीन, प्रीतम गोले तामाङ, निर्मल माझी, सुनिता रखाल र कविता श्रेष्ठ चयन भए ।

अधिवेशनबाट सर्वसम्मत चयन हुनुभएकी अध्यक्ष पाख्रीनले आफुले यस अघिको कार्यसमितिमा उपाध्यक्षको भुमिकामा रहि निभाएको अनुभवका कारण पनि अबको कार्यकाल सहज रुपमा अघि बढाउनेमा आफू विश्वस्त रहेको बताईन् । उनले अहिले नै यो गर्छु त्यो गर्छु भनेंर प्रतिबद्धता जनाउनु भन्दा गरेरै देखाउने भनाइ राख्नुभयो । जिल्लाको हरेक गतिविधिमा फोनिजलाई दरिलो तरिकाले उभ्याउनेमा आफू लागि पर्ने उनको धारणा थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार