आइसोलेसनलाई सहयोग गरेका दाता सहित स्वास्थ्यकर्मीहरु सम्मानित

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल र बलेफी गाउँ पालिकाले सन्चालन गरिएको संयुक्त रत्नराज्य आइसोलेसनका व्यवस्थापन तथा उपचारमा खटिएका जनशक्ति र सहयोगीदाताहरुलाई सम्मान गरिएको छ । बलेफी कभर्ट हलमा आयोजित कार्यक्रममा बलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ पनि उपस्थित थिए ।

डा. पिताम्बर खनाल जुगल गाउँ पालिका र डा. सन्दिप पौडेल बलेफी फ्रन्टलाईनर हिरो अवार्डद्वारा सम्मानित भए । पौडेलले कोभिडको महामारीमा आइसोलेसनमा उपचारका लागि आफुलाई दिएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताए । उनले फ्रन्टलाईनर हिरो बनाईदिनु हुने सबैमा धन्यवाद ज्ञापन गरे । “एउटा विद्यालयलाई अस्पताल जस्तै गरि काठमाडौंमा अक्सिजन नपाएको अवस्थामा समेत यहि उपचार गर्नु मुर्खता जस्तै थियो तर त्यसलाई सफल पार्यौ” पौडेलले मन्तव्यको क्रममा भन्नुभयो ।

कार्यक्रममा १५ जना दाता, ४६ स्वास्थ्यकर्मी, ३ स्वयंसेवक, ४ एम्बुलेन्स चालक, ९ व्यवस्थापन सम्मानित हुनुभएको छ । सम्मानित मध्ये आइसोलेसनलाई सबैभन्दा पहिले सहयोग उपलब्ध गराउनुभएका नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले आफुहरुले गरेको सहयोग स्वरुप गरिएको सम्मानले अझै समाज प्रतिको जिम्मेवारी थपेको बताउनुभयो । लामाले समाज प्रती गर्नुपर्ने हरेक सामाजिक कार्यमा आफू निरन्तर लाग्ने पनि बताए ।

दोस्रो चरणको कोरोना लहर पश्चात् सन्चालन गरिएको रत्नराज्य आइसोलेसन सेन्टरमा रु.५३ लाख ५६ हजार ४ सय ३१ खर्च भएको व्यवस्थापक रामबाबु नेपालले बताए । नेपालका अनुसार यस खर्च रकम भित्रैबाट स्टकमा जिन्सी सामाग्री ३१ लाख ४९ हजार ५ सय ३० को रहेको जानकारी दिनुभयो । स्टक सामाग्रीमा औषधि, स्थिर सम्पतीमा (४८ सिलिन्डर, बेड, जेनेरेटर, कन्सन्टेटर आदि रहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार