युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा निर्माणाधीन जलदेवी मन्दिरलाई गजुर र १०८ दियो उपहार

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, याङ्लाकोट
२०७२ सालको महाभुकम्प पश्चात् ध्वस्त भएको जुगल ७ याङ्लाकोटको जलदेवी मन्दिर पुनर्निर्माण गर्ने क्रममा छ। जसको लागि स्थानीय नेता कार्याकर्ताले सकेको सरसहयोग गरिरहेका छन्। यसै क्रममा जुगल बराम्चीका युवा नेता, समाजसेवी एवं नेपाली काँग्रेस तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र लामा(दोर्जे) ले मन्दिरका लागि गजुर र १०८ दियो बत्ती हस्तान्तरण गरेका छन्। लामाले आफ्नो ठाउँको कुनै पनि सांस्कृतिक अनि धार्मिक धरोहर जोगाउने र यसलाई सजाउने हाम्रै दायित्व हुने भन्दै आफुले सकेको सहयोग गरेको बताउनुभयो।

यसरी मन्दिरको लागि मनै देखि सहयोग गर्नुभएकोमा लामालाई जलदेवी मन्दिर निर्माण परिवारद्वारा धन्यवाद ज्ञापन गर्नुभएको छ। लामाले गाउँ पालिका भित्र मात्र नभै जिल्ला भरी आइपर्ने हरेक दुख पिडाहरुमा दिल खोलेर सकेको सहयोग गर्दै आउनुभएको छ।

स्थानीयहरुकै जागरुकतामा भुकम्पबाट र पटकपटकको पहिरोला कारण हराईसकेको मन्दिर अब फेरि ठाडिएको छ। अहिले मन्दिरको पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ। जलदेवीको परापुर्वकाल देखि नै धार्मिक महत्वका साथ हेर्ने गरिन्छ। स्थानीयहरु जलदेवीमा पुजा गरे पछि मनले चाहेको पूरा हुने बताउँछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार