बाढीपीडित १०० घरपरिवारलाई होप मिसन नेपालको म्याट्रेस सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
अविरल वर्षापछी आएको पहिरोका कारण बिस्थापित जुगल गाउपलिका २ लिदिका १०० घरपरिवार बाढीपहिरो पीडितलाई १०० वटा म्याट्रेस र ३०० वटा स्यानिटेरी प्याड सहयोग प्रदान गरिएको छ ।

होप मिसन नेपालको सहयोग तथा वडाध्यक्ष प्रताप लामा, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका स्वयमसेवक लगायतका प्रतिनिधिको रोहवरमा आइतबार राहत सहयोग वितरण गरिएको हो ।

लिदी पहिरोपीडित १०० घरपरिवारलाई होप मिसन नेपालका संस्थापक कार्यकारी निर्देशक सुरेश कुमार योञ्जन, पत्रकार निरोज तोलाङे र समाजसेवी कृष श्रेष्ठले राहत सहयोग वितरण गरिएको हो ।                                                                                             संस्थापक कार्यकारी निर्देशक योञ्जनले सिन्धुपाल्चोकले यो वर्षमात्रै धेरै प्राकृतिक विपत्तिको सामना गर्नु परेकोले जुगल गाउँपालिका वडा नं. २ लिदी पहिरोबाट विस्थापित १०० परिवारलाई यो जाडो मौसममा न्यानो भई आरामसाथ सुत्नका लागि सहयोग गरिएको बताउनुभयो ।

उहाँले यो विपद्मा संस्थाको सहयोगले थोरै भएपनि पीडितलाई राहत मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । त्यसैगरी जुगल गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप लामाले सहयोगी संस्थालाई धन्यवाद दिनुँहुँदै अहिले लिदीका पहिरो पीडितलाई पुर्याएको यस सहयोग आफू र लिदीबासीहरुले कहिल्यै नर्बिसिने बताउनुभयो ।
सहयोग पाएपछि लिदी पहिरोमा आफनो ६ जनाको परिवार गुमाएकी सुनमाया दोङले सहयोगी संस्थालाई धन्यवाद दिनुहुँदै थप सहयोगको आग्रह गर्नुभयो । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलका–२ लिदीमा गत साउन ३० गते शुक्रवार गएको भिषण पहिरोबाट करिब २९ घर पूर्णरुपले क्षति भएको साथै १७२ जना पीडित र ३९ जनाको दुखद निधन भएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार