हिरा लामा “जिकज्याक” को प्रस्तुति रहेको तामाङ प्रेम गित “मायाला जोङ” केक काटेर सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ प्रेम गितको पर्खाईमा बस्नेहरुका लागि पुनः एक उत्कृष्ट गित “मायाला जोङ” को भिडियो सार्वजनिक भएको छ। आज एक कार्यक्रम माझ सार्वजनिक गरिएको यस गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानले स्वर अनि संगित भरेका छन्। त्यस्तै गायिका जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिन्छ। सिंग मोक्तानको मार्मिक अनि मायाले भरिएको शब्द रहेको गितलाई संगित संयोजन अनि मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियोलाई गितको पोस्टर अंकित केक काटेर फरक किसिमले गरेका छन। यस अघि यसरी खासै कुनै भिडियो सार्वजनिक गरिएको देखिएको थिएन। पछिल्लो चरण सामाजिक संजालहरुमा ख्याती कमाएका काभ्रे रोशीको तिनधारे झरनाको लोभ लाग्दो दृश्यलाई समेत भिडियोमा कैद गरेको छ। जसले पर्यटनलाई केही टेवा पुर्याउन खोजिएको देखिन्छ।

भिडियो तर्फ नयाँ जोश जाँगरका साथ हिरा लामा “जिकज्याक” आएका छन्। यो उहाँको पहिलो म्युजिक भिडियो हो भनें प्रस्तुती समेत उहाँकै रहेको छ। स्कृनमा लामा संग रोमान्टिक मुडमा मोडल कुसुम मगरको क्युट मुहार अनि अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन अनि कोरियोग्राफी अनिश लामाको रहेको छ। छायांकनमा मुकेश हुमागाई, सम्पादनमा दिपक बिष्ट, ड्रोनमा प्रमोद श्रेष्ठको काम उत्कृष्ट छ। अफिसियल भिडियो जिग्मे मिडियाको युट्युब मार्फत हेर्न सकिनेछ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार