रसुवाको सौन्दर्य झल्काउने ‘सोयाला सो’ म्युजिक भिडियो बजारमा

  प्रितम कुमार तामाङ

काठमाडौँ
नवगायक अजय दोङको स्वरमा सजिएको नयाँ तामाङ म्युजिक भिडियो ‘द मेलोडी अफ हिमालाय – सोयाला सो’ हालै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ। भिडियो रिया लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा वरिष्ठ कलाकार तथा शब्दकार सुसन लामाको शब्द र संगीत, फनिन्द्र राईको संगीत संयोजन (एरेन्जमेन्ट) तथा अर्पन थिङको प्राविधिक सहयोग रहेको छ। गायक दोङको स्वरमा बौद्धस्थित अर्पन स्टुडियोमा गीत रेकर्ड गरिएको हो। गीतमा नयाँपनसहितको मिठास पाइन्छ जुन संगीतप्रेमीका लागि ताजगी दिने खालको छ।

भिडियो पक्षमा मिस तामाङ २०२४ र सामाजिक अभियान्ता रिया लामा, गायक अजय दोङ, र रियाज लामाको सशक्त अभिनय देख्न सकिन्छ। अभिनयतर्फ पहिल्यैदेखि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी रिया लामाको उपस्थितिले भिडियोलाई थप आकर्षक बनाएको छ।

पृथक निर्देशनमा तयार भएको भिडियोको निर्देशन प्रतिक ङेसुरले गरेका हुन् भने छायाङ्कन रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका अन्तर्गतको ‘द ब्ल्याक भिलेज’ – गत्लाङ क्षेत्रमा गरिएको हो। भिडियोमा त्यहाँको ऐतिहासिक सम्पदा, पार्वती कुण्ड लगायतका धार्मिक स्थललाई समेत समेटिएको छ।

गायक तथा मोडल अजय दोङका अनुसार छायाङ्कनको क्रममा स्थानीय समुदायबाट उत्कृष्ट सत्कार र सहयोग प्राप्त भएको थियो।
भिडियो छायाङ्कन बिनोद याक्खाले, सहायक क्यामेराम्यान आइत जिमी, र श्रृंगारतर्फ रेशम लामाले योगदान दिएका छन्।

भिडियो सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा भद्दा र अश्लील सामग्रीको आलोचना भइरहेका बेला, ‘सोयाला सो’ जस्तो सांस्कृतिक तथा मौलिकता बोकेको भिडियोले दर्शकको मन जित्न सक्ने आशा गरिएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार