लिदि पहिरो पिडितलाई क्रिश्चियन टिमको लगातार तेस्रो पल्टको राहत सहयोग

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक लिदिका पहिरो पिडितहरुलाई क्रिश्चियन टिमले लगातार तेस्रो पल्टको सहयोग पनि गरेका छन्।
पहिलो पल्ट भदौ ३ गते १७२ पिडितलाई पहिलो पटक १७२ थान सोलार लाइट, ५५ थान त्रीपाल, ५०पिस ब्ल्याङ्केटको साथै लत्ताकपडा लिदि मै पुगेर वितरण गरिएको थियो। जसको लागि सहयोगी दाताहरुमा डिल्लीराम पौडेल, बिपि खनाल, राजेन्द्र मल्ल, पेम्बा शेर्पा र आराधना सुसमाचार मण्डलि रहेको थियो।

त्यस्तै दोश्रो पटक भदौ १६ मा खाद्यान्न सहयोग स्वरुप १०० परिवारहरुलाई चामल, दाल, मस्यौरा, नुन, तेल, साबुन, मन्जन वितरण गरेका थिए। विश्व व्यापी रुपमा फैलिएको महामारी COVID-19 अर्थात् कोरोना भाइरसको कारणले गर्दा सबै परिवारलाई
सामुहिक रुपमा वितरण गर्न नसकेको दाताले जानकारी दिए। त्यस कारण उक्त सामानहरु स्थानीय सरकार वडा अध्यक्ष प्रताप लामालाइ जिम्मा दिएको थियो।

तेश्रो पटक भदौ २३ गते सिरक १६० पिस, मेटिस १६३ पिस वितरण गरेका हुन्। दोस्रो र तेस्रो पटकको सामग्री मर्सी मिसन हिमालयन  नेपाल मार्फत प्राप्त भएको थियो। जसको लागी जुगल २ गोल्चे बस्ने समिर स्याङ्बोले सहकार्य गराउनुभएको थियो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार