पठाओ संस्थापकको हत्यारा आफ्नै एसिस्टेन्ट, ईलेक्ट्रीक आरीले टुक्रा टुक्रा पारेका थिए

सालेह संग लिएको हजारौं डलर ऋण तिर्न नसकेपछि उनकै हत्या गर्ने योजना बनाएका थिए ।

  जन्मभूमि संवाददाता

एजेन्सी
विश्व प्रसिद्ध सेयरिङ राईड पठाओका संस्थापक फहिम सालेहको छेदविच्छेद अवस्थामा लास भेटिएको थियो । उनको लाश अमेरिका स्थित न्युयोर्कको आफ्नै अपार्टमेन्टमा फेला पारेका थिए । उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटेका थिए । ३३ वर्षीय सालेहले २०१५ मा दुई जना साथीसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए ।

यसरी उनको बीभत्स हत्या कसले कसले र किन गरे भन्ने विषयमा न्युयोर्क पोलिसले पत्ता लगाएका छन् । उनको हत्या अरु कसैले नभै उनकै असिस्टेन्टले गरेको स्विकार गरेको अन्तराष्टीय संचार माध्यम बिबिसीले जनाएका छन् । उनको हत्याको आरोपमा उनकै असिस्टेन्ट टायरिस हास्पिललाई पक्राउ गरेको छ ।

हत्याको कारण सालेह संग लिएको हजारौं डलर तिर्न नसक्नु रहेको प्रहरिको अनुसन्धानबाट खुलेको छ । हास्पिलले सालेह संग विभिन्न बहानामा पटकपटक हजारौं डलर लिएको र पछिल्लो चरण फिर्ता माग्न थालेपछि तिर्न नसकेको कारण उनकै हत्या गर्ने योजनामा पुगेको बताईन्छ ।

२ वर्ष अघि पाठओका संस्थापक सालेह संग काम माग्न गएका हास्पिललाई असिस्टेन्ट बनाएका थिए । गएको मंगलबार सालेह संगै अपार्टमेन्ट गएका उनले योजना अनुरुप रडले उनको टाउकोमा प्रहार गरि बेहोस बनाए र ईलेक्ट्रीक आरिले टुक्रा टुक्रा पारेर मारेका थिए । हत्यारा हास्पिलले टुक्राटुक्रा पारेको सालेहको शरीरका पार्टहरु प्लास्टिकमा प्याकिङ गरेर गायब पार्ने सोचेका थिए । तर घटना लगत्तै उनकी बहिनी अपार्टमेन्ट आईपुगेकाले उनि पछाडीको ढोकाबाट भागेका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार